Sunday, August 20, 2017  |    

भारतीय नाकाबन्दीविरुद्ध सिड्नीमा प्रदर्शन

प्रकाशित मिति: 2015/11/20

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुले भारतीय नाकाबन्दीविरद्व शुक्रबार सिड्नीमा प्रदर्शन गरेका छन् ।
सिड्नीको मार्टिन प्लेसमा प्लेकार्डसहित भेला भएका सयौं नेपालीहरुले प्रदर्शन गर्दै भारतलाई तत्काल नाकाबन्दी हटाउन र नेपालमाथिको हस्तक्षेप बन्द गर्न आग्रह गरेका हुन् । 
गैरआवासीय नेपाली संघको आह्वानमा गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको अगुवाईमा नेपालीहरु प्रदर्शन गरेका हुन् । 
‘अझै कति जना नेपालीले ज्यान दिनुपर्छ बिश्व समुदाय नाकाबन्दीबिरुद्ध बोल्न ?’, ‘मोदी भूपरिवेष्ठित मुलुकको ब्यापार अधिकारको सम्मान गर’, ‘मोदी नेपालमाथिको अमानवीय, गैरकानुनी र गैरन्यायिक नाकाबन्दी बन्द गर’ लगायतका सन्देश लेखिएका प्लेकार्ड लिएर नेपालीहरु प्रदर्शनमा सहभागी भएका थिए ।
एनआरएन अष्ट्रेलियाले दबावस्वरुप पहिलो चरण बिरोध प्रदर्शन गरेको जनाएको छ । दोस्रो चरणअन्तर्गत भारतीय दूतावास र वाणिज्यदूतावासमा बिरोध पत्र बुझाउने र अष्ट्रेलियाको बिदेश मन्त्रालयलाई पनि नाकाबन्दीबारे ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिरहेको पनि संघले जनाएको छ । 
साथै एनआरएनले अष्ट्रेलियास्थित राष्ट्रसंघ नियोग, एम्नेस्टी इन्टरनेशनल रेडक्रस लगायतका संस्थालाई पनि अमानवीय नाकाबन्दीबारे ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिरहेको छ ।

 

तपाईंको बिचार