Tuesday, March 28, 2017  |    

भारतमा युद्ध थाल्ने आइएसको चेतावनी

प्रकाशित मिति: 2015/12/03

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
इस्लामिक चरमपन्थी संगठन ‘इस्लामिक स्टेट’ (आइएस)ले भारतमा युद्वको चेतावनी दिएको छ । मंगलबार सार्वजनिक गरिएको आइएसको घोषणापत्रमा अबको युद्ध भारतमा केन्द्रित हुने बताइएको छ ।
‘अब यो अभियान भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान लगायतका मुलुकमा विस्तार हुनेछ’ आइएसको घोषणापत्रमा भनिएको छ ।
सिरिया र इराकको केही भाग कब्जामा लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हिन्दु अतिवादी’को आरोप लगाएको छ । 
‘भारतमा हिन्दुहरुको गतिविधि निकै बढेको छ, जसले गाई खाएको अभियोगमा मुस्लिमहरुलाई मारिरहेका छन्’ आइएसको घोषणापत्रमा भनिएको छ ।
भारतमा मुस्लिममाथि ज्यादती भएका कारण त्यहाँ आइएसको गतिविधि बढाउनुपरेको घोषणापत्रमा बताइएको छ ।

 

तपाईंको बिचार