Saturday, September 23, 2017

एप्पलले माग्यो माफी

प्रकाशित मिति: 2015/12/07

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
विश्वप्रसिद्व कम्पनी एप्पलले माफी मागेको छ । कम्पनीको अस्ट्रेलिया स्थित एक स्टोरबाट ती ६ विद्यार्थी कामदारलाई कम्पनीबाट निकालेको थियो । विद्यार्थीहरुले यस घटनालाई जातीवादको संज्ञा दिएका थिए । त्यस्तै मेलवर्नको हाइपोइन्ट सपिङ सेन्टरको घटनाका फुटेज बाहिर आएपछि सामाजिक सञ्जालमा यसको चर्को निन्दा भएको थियो ।
घटनाबारे स्टाफ म्यानेजरले निकालिएका कामदार र उनका प्रिन्सिपलसँग माफी मागेको एप्पलले बताएको छ ।
भिडियो बनाउने विद्यार्थी फ्रान्सिस ओसले फेसवुकमा भनेका छन्,’यो पूर्णत जातीवादी मामला हो त्यसैले उनीहरु माफी माग्न बाध्य भए ।’
अर्का युवा मोहम्मद सेमराले आफू एप्पलको जवाफले सन्तुष्ट भएको बताएका छन् । उनले भने ‘उनीहरुले माफी मागिसकेका छन् । हामी मास्त मानिस हौ । यो भन्दा अघि जान जरुरी छैन ।’

 

तपाईंको बिचार