Tuesday, December 12, 2017

मुस्लिमहरुको हकका लागि लड्ने फेसबुक संस्थापक जुकरवर्गको प्रतिवद्वता

प्रकाशित मिति: 2015/12/11

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
फेसबुकका सस्थापक मार्क जुकरबर्गले फेसबुक मुस्लिमहरुको हकहितका लागि लड्ने प्रतिवद्वता जनाएका छन् । अमेरिकी राष्ट्रपतिको उमेद्धारको दौडमा रहेका एक रिपब्लिकन नेताको मुस्लिम विरोधी अभिव्यक्ति आएसँगै जुकरबर्ग मुस्लिमहरुको पक्षमा उभिएका हुन् ।
जुकरबर्गले लेखेका छन् —म विश्वभरका मुसलमानहरुको समर्थनमा आफ्नो आवाज मिलाउन चाहन्छु । मैले मुसलमानहरुको डर बुझ्न सक्छु जसले दोश्रो व्यक्तिको गरेको कामको सजाय भोग्नु परिरहेको छ ।
जुकरबर्गले थपेका छन् –यदि तपाइँ मुसलमान हुनुहुन्छ भने म फेसबुकको प्रमुखको नाताले तपाइँहरुलाई आस्वस्त पार्न चाहन्छु की फेसबुकमा तपाइँहरुलाई सधै स्वागत छ । साथै जुकरबर्गले मुस्लिमहरुको हकमा लागि फेसबुक लड्ने प्रतिबद्धता पनि जनाएका छन् ।
सबै समुदायप्रति हुने आक्रमणको विरोध गर्नका लागि आफुलाई आफ्ना आमाबुवाले सिकाएको भन्दै जुकरबर्गले कसैको स्वतन्त्रतामाथि गरिने हमलाले जोकोहीलाई पनि नोक्सान पूराउने बताएका छन् ।
कतिपय मानिसले घृणा फैलाउने काम गरेका भएपनि सुन्दर भविष्यका लागि सबै एकजुट भएर काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

 

तपाईंको बिचार