Saturday, June 24, 2017  |    

यी महिला एकैपटक पाँच बच्चा जन्माउँदै

प्रकाशित मिति: 2016/01/27

अष्ट्रेलियाकी एक महिलाले एकै पटक पाँचवटा बच्चा जन्माउने भएकी छिन्। अष्ट्रेलियको पर्थमा बस्ने २६ वर्षीया मिक टुसी २६ हप्ताको गर्भवती रहेकी र उनको गर्भमा पाँच बच्चा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।


दुई जवान छोरीकी आमा किम यो पटक एकैसाथ पाँच बच्चा जन्माउने कुराले निकै उत्साहित भएको संचारमाध्यमले उल्लेख गरेका छन् । गर्भवती भएपछि पहिलोपटक डाक्टरसँग जाँच गराउँदा पाँच आफ्नो गर्भमा पाँच बच्चा रहेको थाहा पाएकी थिइन्।

किमका अनुसार उनको गर्भमा रहेका पाँच बच्चाले एक दिनमा ६ हजार क्यालोरी खपत गर्ने गरेका छन्। सोही कारण किमले स्पेशल डाइट खानुपरेको बताइएको छ। पाँच बच्चाको आमा बन्न लागेकी किमले स्पेशल डाइट र खानपिनसँग सम्बन्धित कुरा आफ्नो ब्लगमा शेयर गरेकी छिन्। उनको ब्लगमा १ लाख २३ हजार फलोअर्स रहेका छन्। (एजेन्सि)

 

तपाईंको बिचार