Sunday, March 26, 2017  |    

अमेरिकाद्वारा २९ आतङ्ककारी मारिए

प्रकाशित मिति: 2016/02/02

अफगाननिस्ताको नान्ग्राहार प्रान्तमा अमेरिकी सेनाको हवाई आक्रमणमा  २९ इस्लामिक स्टेट, (आइएस) आतङ्ककारी मारिएको जनाइएको छ । सरकारी स्रोतका अनुसार गएराती मङ्गलबार उक्त घटना भएको हो ।
 
आचिन जिल्लाको मोमान्द दरा इलाकामा आइएसको आखडालाई लक्ष्यगरी विदेशी बलले चार वटा हवाई आक्रमण गरेको जनाइएको छ । मारिएकाहरुमा प्रतिबन्धित समूहको रेडियो स्टेसनमा काम गर्ने पाँच कामदार र पाँच अतिवादी समूहका पाँच व्यक्तिसमेत रहेका जानकारी गराइएको छ ।
 
अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर पूर्वमा पर्ने जलालाबाल सहर भएको सो हवाई आक्रमणमा उच्चस्तरीय आइएस सदस्यहरु पनि मारिएका जनाइएको छ । –एजेन्सि

 

तपाईंको बिचार