Tuesday, November 21, 2017

उत्तर कोरियाको अर्को मिसाइल छिट्टै प्रक्षेपण गर्ने अनुमान

प्रकाशित मिति: 2016/02/07

उत्तर कोरियाले तत्कालै विवादास्पद ‘भूउपग्रह’ प्रक्षेपण गर्ने तयारी गरेहेको छिमेकी शक्ति राष्ट्रहरुको अुनमान छ । मिसाईल तिब्र रुपमा प्रक्षेपण गरेपछि विश्वबाट एक्लिदै गएको यो मुलुकले फेबु्रअरी ७ देखि १४ को बीच पुन अर्को प्रक्षेपण गर्न सक्ने जापानी सरकारले जनाएको छ ।

यसअघि प्रक्षेपण फेब्रुअरी २५ मा भइसक्ने जनाएको थियो । उक्त घोषणाको विश्व शक्तिराष्ट्रहरूले खण्डन गर्दै आएका छन् । भूउपग्रहका नाममा ब्यालिस्टिक मिसाइल गर्ने तयारीमा प्योयाङ रहेको छिमेकी राष्ट्रहरुको ठम्याई छ ।

उत्तर कोरियाले प्रक्षेपण योजनामा भएका परिवर्तनबारे अन्तर्राष्ट्रिय संस्थाहरूलाई जानकारी गराईको छैन । रकेटको उडान मार्ग पनि समान रहने दक्षिण कोरियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

उक्त प्रक्षेपण गरिएको खण्डमा दक्षिण कोरियाले उत्तर कोरियालाई त्यसको ‘कठोर मूल्य’ चुकाउनु पर्ने बताउँदै आएको छ । जापानका रक्षा मन्त्रीले जापानी भूमिमा कुनै मिसाइल खस्ने अवस्था देखिए त्यसको प्रत्याक्रमण गर्न आदेश दिइसकेको छ । दक्षिण कोरियाली विश्लेषकहरूका अनुसार उत्तरले पूर्व तानाशाह किम जोङ इलको जन्मदिवस पर्ने फेबु्रअरी १६ अघि नै उक्त प्रक्षेपण गर्ने सक्ने बताएका छन् । –एजेन्सि

तपाईंको बिचार