Saturday, June 24, 2017  |    

बेलायती राजकुमार नेपाल आउदै

प्रकाशित मिति: 2016/02/26

काठमाडौँ ।  बेलायती राजकुमार ह्यारी चार दिने भ्रमणका लागि आगामी चैत्र ७ गते नेपाल आउन लागेका हुन्। ह्यारी पहिलोपटक नेपाल आउँदैछन्। किङ्गस्टन प्यालेसले नेपालको पहाडी क्षेत्रको फोटो समेत ट्विट गर्दै भ्रमणको मितिबारे जानकारी दिएको हो।
उनले काठमाडौँमा राष्ट्रपति विध्यादेवी भण्डारीसँग भेट गर्नेछन् । त्यस्तै उनले भूकम्पबाट पीडितहरुसँग पनि भेटघाट गर्नेछन् । उनले भूकम्प पछिको पुनस् निर्माणमा भइरहेको प्रगतिका विषयमा समेत जानकारी लिनेछन् । बेलायती गोर्खा सैनिकसँगै अफगानिस्तामा समय बिताएका ह्यारीले पोखरामा बेलायी गोर्खा क्याम्पको भ्रमण गर्नेछन् । त्यस्तै उनले गोर्खा भर्ती प्रक्रियाबारे समेत जानकारी लिनेछन् । साथै गोर्खा सैनिकमा भर्ती हुने समुदायहरुसँग समेत उनले अन्तरक्रिया गर्नेछन्। साथै भूकम्प प्रभावित गोर्खा सैनिकहरुको परिवारसँग समेत उनले भेट्नेछन् ।
 

राजकुमारले ट्रेकिङमा समेत जाने तयारी गरेका छन् । साथै उनले चितवन वा बर्दिया मध्ये एउटा निकुञ्ज समेत भ्रमण गर्ने तयारी गरेका छन् ।

नेपाल र बेलायतको द्वैत्य सम्बन्ध कायम भएको २ सय वर्ष मनाइरहेको बेला भ्रमण हुन लागेको बेलायत दरबारले जनाएको छ ।  भ्रमणबाट दुई देशको सम्बन्ध र स्वागत एवम् सत्कारको परम्परा थप बलियो हुने विश्वास बेलायतले लिएको छ।

यसअघि गोर्खा भर्ती सुरु भएको २ सय वर्षको उपलक्ष्यमा बेलायत स्थित गोर्खा बटालियनले आयोजना गरेको कार्यक्रमा बेलायती महारानी सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा महारानी एलिजाबेथका पतिले खुकुरी नचाएका थिए ।
 

त्यस्तै केहि अघि अप्रत्यासित रुपमा बेलायती राजकुमार विलियम्स लण्डन स्थित नेपाली दुतावास पुगेका थिए । उनले भूकम्पमा परी मृत्यु भएका नेपालीहरुको सम्झनामा श्रद्धाञ्जलि पुस्तिकामा हस्ताक्षर समेत गरेका थिए। 
  

तपाईंको बिचार