Friday, April 28, 2017  |    

यौन दासीलाई गर्भनिरोधक औषधि

प्रकाशित मिति: 2016/03/13

काठमाडौं । बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस¬¬)ले यौन दासीलाई विभिन्न किसिमका गर्भ्निरोधक औषधि दिने गरेको खुलासा भएको छ । इस्लामिक स्टेटले आफ्ना लडाकुका लागि यौन दासीको व्यवस्था गर्दै आएको कुराको यसअघिनै पुष्टि भईसकेको छ । 

आफ्ना लडाकुका लागि यौन दासीको कमी नहोस् भन्ने उद्देश्यले आइएसले आफ्नो नियन्त्रणमा रहेका यौन दासी महिलालाई विभिन्न किसिमका गर्भ्निरोधक औषधि दिने गरेको हो । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले इराकमा आइएसको नियन्त्रणबाट भागेका ३५ जना यजिदी समुदायका महिलासागको साक्षात्कारका आधारमा यो खबर प्रकाशित गरेको छ ।
 आइएसले यौन दासीका रुपमा रहेका महिलालाई गर्भ्निरोधका लागि खाने औषधि वा इन्जेक्सन तथा कुनै बेला दुवै दिने गरेको छ ।

यसको एक मात्रै उद्देश्य महिला गर्भवति नहुन् र उनीहरुलाई लडाकुलाई सुम्पिन सकियोस भन्ने रहेको आइएसको नियन्त्रणबाट भाग्न सफल भएका महिलाले बताएका छन् । यस्तै एक महिलाको कम्तिमा पनि एक पटक गर्भपतना गराउने गरेको छ । आइएसले इराकमा अल्पसंख्यक यजिदी समुदायमाथि ज्यादति गर्दै आएको छ । आइएसले यजिदी समुदालाई राक्षसको उपासकको रुपमा लिने गरेको छ । यजिदीको धर्ममा इसाई, पारसी र इस्लाम धर्मको विभिन्न अंश मिसिएको आइएसले बताउने गरेको छ ।

आइएसले १२ वर्षका बालिकादेखि महिलासम्मलाई लडाकुलाई पुरस्कार स्वरुप वा यौन दासीको रुपमा बेच्ने गरेको छ । सन् २०१४ मा आइएसले यजिदी समुदायका पाँच हजार महिला तथा पुरुषलाई नियन्त्रणमा लिएको थियो । 

तपाईंको बिचार