Saturday, November 18, 2017

सारोपोभा संयुक्त राष्ट्रसंघको सद्भावना दुतबाट निलम्बीत

प्रकाशित मिति: 2016/03/17

चैत्र,४,काठमाडौं ।  डोपिङमा असफल भएकी टेनिस सुन्दरी मारिया सारापोभालाई संयुक्त राष्ट्रसंघले आफ्नो सद्भावना दूतबाट निलम्बन गरेको छ । गत जनवरीमा २८ वर्षीय रसियन स्टारले मेल्डोनियम नामक प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएपछि १२ मार्चमा निलम्बनमा परेकी थिइन् ।


युएनडिपीद्वारा जारी विज्ञप्तिमा अनुसन्धान अवधिभर सारापोभालाई निलम्बन गरिएको उल्लेख गरिएको छ । उनलाई हालसम्म गरेको सहयोगका लागि धन्यवाद समेत दिइएको छ । सारापोभा सन् २००७ देखि सद्भावना दूत रहेकी थिइन् ।
यसअघि, स्र्पोटवेयर कम्पनी नाइकी, घडी निर्माता ट्याग ह्युअर र जर्मन कार कम्पनी पोर्सले पनि सारापोभासँगको सम्बन्ध निलम्बन गरिसकेको छ ।
सारापोभाले उक्त औषधि आफ्नो स्वास्थ्यका कारण विगत १० वर्षदेखि प्रयोग गरिरहेको बताएकी छिन् ।

 

तपाईंको बिचार