Wednesday, August 16, 2017  |    

एक चौथाई मृत्यु वातावरणीय प्रदुषणबाट विश्व स्वास्थ्य संगठन

प्रकाशित मिति: 2016/03/18

चैत्र ५,काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वमा हुने गरेका मृत्युमध्ये एक चौथाई मृत्यु वातावरणीय प्रदुषणबाट हुने गरेको जनाएको छ ।

संगठनले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा वातावरणीय प्रदुषण, पानी तथा माटोको प्रदुषणका कारण विश्वमा हुने मृत्युमध्ये एक चौथाइको ज्यान जाने गरेको पाइएको हो ।

सन् २०१२ मा एक करोड २६ लाखभन्दा बढीको मृत्यु अस्वस्थ वातावरणमा बस्ने र कामगर्ने गरेका कारण भएको प्रतिवेदनमा उल्लेख छ ।

यो मृत्यु त्यसवर्ष विश्वमा कुनै न कुनै सङ्क्रमण या रोगका कारण भएका मृत्युमध्ये २३ प्रतिशतभन्दा केही बढी हुनआउछ ।

संसारका सबै देशले नागरिकले बस्ने र कामगर्ने वातावरणमा परिवर्तन नल्याउने हो भने नागरिकको मृत्युको प्रमुख कारण प्रदुषण हुने र यही अवस्थाले नै निरन्तरता पाउन सक्ने खतरा रहेको अनुसन्धानमा पाइएको छ ।

वातावरणमा दिनानुदिन थपिँदै गएको प्रदुषण, कार्य क्षेत्रमा प्रयोग गरिने विभिन्न खालका रसायन, जलवायु परिवर्तनको प्रभावका साथै रसायनको प्रयोगका कारण उत्पन्न भइरहेको परावैजनी किरणहरुको कारण नै विश्वमा मृत्युको एक प्रमुख कारण रहेका छन् ।

विश्वमा हरेक वर्ष कम्तीमा पनि ८२ लाख मानिसको मृत्यु वायु प्रदुषणका कारणले हुने गरेको पाइएको सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

तपाईंको बिचार