Wednesday, August 23, 2017

बेल्जियममा तीन दिनको शोक घोषणा

प्रकाशित मिति: 2016/03/23

चैत्र १०,काठमाडौं । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मेट्रो स्टेशनमा मङ्गलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
उक्त आक्रमणमा सम्लग्नको खोजी जारी छ भने प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रुपमा खोजी अभियान चलाएको जनाएको छ । उक्त आक्रमणमा मारिने व्यक्तिको सङ्खया ३५ पुगेको जानकारी प्रहरीले बुधबार बिहान जानकारी दिएका छन् ।

इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गराएको आत्मघाती बम विस्फोटमा परी ३५ व्यक्तिको मृत्यु भएपछि त्यहाँ बुधबारदेखि तीन दिनसम्म शोकको घोषणा गरिएको छ ।

विमानस्थलमा विस्फोट भएको एक घण्टापछि स्थानीय समयाअनुसार करिब ९ बजे पुनः मेट्रो स्टेसनमा विस्फोटन भएको जनाइएको छ । यस विस्फोटमा परी सयौँ व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

बेल्जियममा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउनुका साथै राष्ट्रिय शोकको घोषणा गरेको छ ।स्थानीय समय अनुसार बिहानको ११ बजे शोक सभाको गरी एक आयोजना गरी मिनेट मौनधारणा गरिने जनाइको छ ।

घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने विभिन्न अस्पतालहरुले जानकारी दिएका छन् ।

बेल्जियमका प्रधानमन्त्री चाल्स मिसेलले यस दिनलाई कालो दिनको संज्ञा दिएको छन् । यस्तो भीषण आक्रमण बेल्जियमले यस अघि कहिल्यै नदेखेको पनि उनले टिप्पणी गरका छन् ।

साथै देशबासीका नाममा सम्बोधन गर्दै उनले यस आक्रमणका दोषीलाई कदापि नछोड्ने र उनीहरुलाई जसरी पनि कानुनी कारबाहीको दायरामा ल्याइछोड्ने आश्वासन दिलाएका छन्।

आक्रमणकारीको खोजीलाई प्रहरीले राजधानी ब्रसेल्ससहित विभिन्न सहरसम्म नै पु¥याएको छ । हेलिकोप्टरबाट पनि प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

गएराति पनि रातभरि प्रहरीले हेलिकोप्टरबाट आक्रमणकारीलाई खोजी गरिरहेको जनाएको थियो । यस क्रममा कैयांँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

तर घटनामा सम्लग्न प्रमुख योजनाकारलाई भने प्रहरीले नियन्त्रणमा लिन सकिरहेको छैन । आक्रमणकारीको खोजीमा भएका प्रगतिको जानकारी प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी गाराउने जनाएको छ ।

उक्त आक्रमणको जिम्मेवारी आइएसले लिइसकेको छ । आइएसले हालैमात्र आफ्ना एकजना सहयोगीलाई ब्रसेल्सबाटै नियन्त्रणमा लिइएकोले त्यसको बदलामा यो आक्रमण गरिएको जानकारी दिएको छ ।

 

तपाईंको बिचार