Sunday, October 22, 2017

ब्रसेल्स जलिरह्यो ओबामा नाचिरहे

प्रकाशित मिति: 2016/03/24

 चैत्र ११, काठमाडौं । दक्षिण अमेरिकाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बराक ओबामाले अर्जे्न्टिनाको राजधानी ब्युनसएरिसमा अर्जे्न्टिनी राष्ट्रपति माउरिसियो माक्रीले उनको सम्मानमा दिएको रात्री भोजमा ट्यांगो डान्स गरेका छन् ।

युरोपको राजधानी ब्रसेल्समा भएको आक्रमण पश्चात अमेरिका फर्कन उनलाई निकै दबाब रहेपनि बुधबार रातीको रात्रीभोजमा उनी एक युवतीसँग नाचेका थिए । उनको पत्नी मिचेल ओबामा पनि  सरिक भएर अर्काे डान्सरसँग नाचेकी थिइन् ।

ब्रसेल्स जलिरहेकोबेला उनी नाचे भनेर ओबामाको आलोचना पनि भइरहेको छ ।

तपाईंको बिचार