Tuesday, April 25, 2017  |    

चीन दक्षिण एसिया संग सम्बन्ध बिस्तार गर्दै चीन

प्रकाशित मिति: 2016/03/26

चैत्र १३, काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो देशको भ्रमणमा रहेका बेला महत्वपूर्ण सम्झौता गरेर नजिकिएको चीनले दक्षिण एसियाको अर्को देश बंगलादेशसँग निकटता बढाएको छ । 
 
चीनका राष्ट्रपति शी जिङ्गपिङ्गले बंगलादेशको ४५ औं राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति अब्दुल हामिदलाई पठाएको आफ्नो सन्देशमा दुई देशबीचको मित्रता केही समययता मजबुत हुँदै गएको उल्लेख गरेका छन् । 
 
उनले चीन(बंगलादेशको पारम्परिक मित्रता निरन्तर प्रगाढ हुँदै गएको बताउँदै हरेक क्षेत्रमा भएका द्धिपक्षीय संवाद र सहयोग फलदायी रहेको बताएर नजिकिन चाहेको संकेत गरेका हुन् । 
 
शी ले पठाएको शुभकामना सन्देशमा सीमाना र सडक (सिल्क रोड) को पहललाई अझ अघि बढाउन द्धिपक्षीय रणनीतिमा आपसी तालमेललाई अझ मजबुती प्रदान गर्नका लागि चीन बंगलादेशसँग काम गर्न तयार रहेको जनाएका हुन् । 
 
उनले यो प्रयासले चीन र बंगलादेशबीच रहेको निकटतालाई अझ ब्यापक बनाएर सहयोग र साझेदारीलाई अघि बढाउन सकिने संकेत दिएका हुन् । 
 
चीनका प्रधानमन्त्री ली खिछ्याङले पनि बंगलादेशस्थित आफ्नी समकक्षी शेख हसिनालाई शुभकामना सन्देश पठाउँदै दुई देशबीचको सम्बन्धलाई ब्यबहारमै अझै बलियो बनाउन चाहेको बताएका छन् ।
 
उनले दुई देशबीचको सम्बन्ध सबै क्षेत्रमा व्यवहारमूलक बन्दै निरन्तर प्रगतितर्फ उन्मूख भइरहेको उल्लेख गरेका छन् ।  

 

तपाईंको बिचार