Sunday, March 26, 2017  |    

अबको अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पल या हिलारी क्लिन्टन ?

प्रकाशित मिति: 2016/04/21

बैशाख ९, वासिङटन डिसि ।  अमेरिकाको राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन उम्मेद्वारको दाबदार डोनाल्ड ट्रम्पले न्युयोर्क निर्वाचनमा सजिलो जीतसँगै आफ्नो दाबी झन बलियो बनाएका छन्। यो जीतसँगै ट्रम्प रिपब्लिकन उम्मेद्वार बन्न आवश्यक डेलिगेट संख्याको नजिक पुगेका छन्।
 
डेमेक्र्या्टिक उम्मेद्वार हिलारी क्लिन्टनले न्युयोर्कमा आफ्नो जितसँगै उम्मेद्वार बन्ने आफ्नो दावेदाबी झन बलियो बनाइएकी छिन्। स्थानीय समयानुसार मंगलबार राति नौ बजे सकिएको निर्वाचनमा ट्रम्प हिलारीले चुनाव जितेको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमले जनाएका छन्। ट्रम्पलाई आफ्नो गृह राज्यमा प्राप्त ठूलो सफलताले उनलाई आफ्नो दाबेदारी बलियो बनाउन सहयोग पुगेको छ। उनलाई पार्टीकोतर्फबाट उम्मेदवार बन्नको लागि १ हजार २ सय ३७ डेलिगेटको संख्या आवश्यक छ।

आठ वर्षसम्म न्युयोर्कको सिनेटर रहेकी हिलारी ५९ दशमलव ३ प्रतिशत मतका साथ आफ्ना प्रतिद्वन्द्वी बर्नी स्याण्डर्सभन्दा अगाडि छिन्। स्याण्डर्सलाई ४० दशमलव ८ प्रतिशत मत प्राप्त भएको संचारमाध्यमले उल्लेख गरेका छन्। आधी मतगणनापछि ट्रम्प ६१ प्रतिशत ४ मतका साथ सिनेटर टेड क्रुज र गवर्नर जोन क्यासिचभन्दा अगाडि छन्।

विश्लेषकहरुले ट्रम्प र हिलारीबीच अन्तिम प्रतिश्पर्दा हुने देखिएको बताएका छन्। ट्रम्पले पनि आफ्नो अन्तिम प्रतिश्पर्धा हिलारीसँग हुने बताइसकेका छन्। यद्यपी दुवै जनाले नर्दन स्टेट्सको प्राइमरी निर्वाचनमा भाग लिन बाँकी छ।

 

तपाईंको बिचार