Tuesday, November 21, 2017

आइएसद्वारा बंगलादेशमा प्राध्यापकको हत्या

प्रकाशित मिति: 2016/04/24

वैशाख १२,ढाका । उत्तर पश्चिमी बंगलादेशमा शनिवार इस्लामिक लडाकू समहू आइएसका सदस्यले एक प्राध्याकको उनको घर नजिकै घाँटी रेटेर हत्या गरेका छन् ।

मुस्लिमको बाहुल्यता रहेको देश बंगलादेशमा केही समययता ब्लगर, बुद्धिजीवि र सामाजिक कार्यकर्तामाथि लगातार आक्रमण बढ्दै गएको छ । पुलिसका अनुसार अंग्रेजीका प्राध्यापक ५८ वर्षीय एएफएम रेजौल करिम सिद्दीकी बिहान साढे सात बजे राजशाही विश्वविद्यालय जान घरबाट हिँडेका थिए ।

त्यही बेला मोटरसाइकलमा सवार केही ब्यक्तिले छुराले तीन पटक घाँटी रेटेर उनको हत्या गरेका हुन् । अमेरिकास्थित निजी जासुस एजेन्सी समूह एसआईटीईका अनुसार यो हत्याको जिम्मेवारी आइएसले लिएको छ। आइएसले ट्वीट गरेर जनाए अनुसार प्राध्यापक सिद्दीकी बंगलादेशमा नास्तिकताका समर्थक भएकाले हत्या गरिएको हो । सिद्दीकीका साथीले बताए अनुसार उनी विश्वविद्यालयमा हुने हरेक सांस्कृतिक गतिविधिमा सहभागी हुन्थे । प्रायजसो उनी बाँसुरी र सितार बजाउँथे । यो हत्याको विरोध गर्दै विद्यार्थीहरुले विश्वविद्यालयमा जुलुस निकालेर दोषीलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।

तपाईंको बिचार