Tuesday, November 21, 2017

मलेसियामा नेपालीका लागि कानुनी सेवा सञ्चालन

प्रकाशित मिति: 2016/04/27

वैशाख १५,क्वालालम्पुर । मलेसियास्थित नेपाली दुतावासले नेपाली कामदारलाई निःशुल्क कानुनी सेवा तथा परामर्श दिन स्थानीय कानुनी संस्था (ल र्फम) सँग सम्झौता गरेको छ ।

दुतावासका अनुसार कानुनी सहायताको अभावमा कामदारले विभिन्न समस्या भोग्नुपरेकाले यसै साता स्थानीय ’अब्दुल गनि चे मान एण्ड को’ (ल र्फम) सँग सम्झौता गरिएको हो ।
सम्झौताअनुसार दुतावासले एक बर्षका लागि सेवा शुल्कबापत १९ हजार पाँचसय रिंगिट उक्त कम्पनीलाई बुझाएको  दुतावासले जानकारि दिएको छ । 
 सेवा लिन पीडितले दुतावासमा निवेदन दिनुपर्दछ । त्यसपछि दुतमवमसले त्यसबारे बुझेर प्रक्रिया अगाडि बढाउनेछ । उक्त सम्झौतापछि अब मलेसियामा कानुनी सहायता अभावमा समस्यामा पर्ने नेपालीले कानुनी सेवा पाउने भएका हुन् । अब कानुनी सहायता आवश्यक पर्ने नेपालीले क्वालालम्पुरस्थित दुतावासमा आवेदन दिएर प्रक्रियाअनुसार सेवा लिन सक्नेछन् । कानुनी सेवाको व्यवस्था भएसागै अब कानुनी समस्यामा परेका र जेल तथा डिटेन्सन सेन्टरमा कानुनी सहायताको अभावमा रहेकाहरुले सेवा लिन पाउने भएका छन् ।

तपाईंको बिचार