Tuesday, March 28, 2017  |    

राष्ट्रसंघीय नायब महासचिव जान शनिबार नेपाल आउँदै

प्रकाशित मिति: 2016/04/28

वैशाख १६,काठमाडौं ।  भूकम्पपछिको पुनर्निर्माण, मानवीय अवस्था लगायतको विषयमा प्रत्यक्ष जानकारी लिन राष्ट्रसंघीय उच्च अधिकारी शनिबार नेपाल आउने भएका छन् । महासचिव बान कि मुनपछिको दोस्रो नम्बरमा रहेका नायब महासचिव जान इलिएसन तीनदिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

राष्ट्रसंघीय महासभाको अध्यक्षसमेत रहिसकेका जान पछिल्लो समय नेपाल भ्रमण गर्ने उच्च राष्ट्रसंघीय अधिकारी हुन् । उनले राष्ट्रसंघमा राजनीतिक मामिलादेखि मानवीय संवेदनशीलता, विकास प्रक्रिया लगायतको विषय हेर्ने गरेका छन् ।  
उनले नेपालमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधान तथा परराष्ट्रमन्त्रीलगायत उच्च अधिकारी र विभिन्न राजनीतिक दलका नेताहरूलाई समेत भेट्ने कार्यक्रम तय भएको परराष्ट्र अधिकारीले बताए ।

नायब महासचिवस्तरबाट भएको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ । यसअघि राष्ट्रसंघअन्तर्गत युनेस्कोको महानिर्देशक तथा महासचिवको समेत दाबेदार रहेकी इरिना डी बोकोवाले पनि नेपाल भ्रमण गरेकी थिइन् ।

 

तपाईंको बिचार