Saturday, September 23, 2017

बन्ला त अमेरिकी राष्ट्रपतिको निर्वाचन ऐतिहासिक ?

प्रकाशित मिति: 2016/05/07

वैशाख २५, न्युयोर्क । अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ । यो चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प उम्मेदवार बन्ने लगभग पक्का भएको छ । १२ महिना अघि धेरै कम मानिसलाई मात्रै यसको आशा थियो । डेमोक्र्या्टिक पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने क्रम भने चलिरहेको छ ।
डेमोक्र्या्टिकमा हिलारी क्लिन्टन र बर्नी सान्डेर्स्बिच प्रतिस्पर्धा जारी छ । तर क्लिन्टन नै उम्मेदवार बन्ने सम्भावना भने बढी छ ।
राष्ट्रपति निर्वाचनमा जस्तो परिणाम आएपनि त्यो ऐतिहासिक बन्ने भने पक्का छ । यसका धेरै कारण छन् । सन् २००९ मा जब बाराक ओबामा पहिलो पटक अमेरिकाको राष्ट्रपति बनेका थिए, त्यो बेला ओबामाको उमेर ४७ वर्ष थियो । उहाँ अमेरिकाको इतिहासमा सबैभन्दा कम उमेर राष्ट्रपति बन्ने पाँचौं नम्बरमा हुनुन्थ्यो । थियोडोर रुजवेल्ट अमेरिकाको सबै भन्दा कम उमेरमा राष्ट्रपति बन्नुभएको थियो । उहाँ ४२ वर्षको उमेरमा राष्ट्रपति बन्नुभएको थियो ।
तर अब सम्भावित उम्मेदवार मध्ये जो कोही अमेरिकाको नयाँ राष्ट्रपतिबनेमा ती बढी उमेरका हुनेछन् । डेमोक्र्या्टिक पार्टीका बर्नी सान्डर्स इनोगरेशन डे अर्थात आउँदो वर्षको जनवरी २० मा ७५ वर्ष पुग्ने छन् । उहाँ इनोगरेशनको दिन अहिलेसम्मका सबै भन्दाबढी उमेरका राष्ट्रपति रहनु भएका रोनाल्डा रेगन भन्दा ६ वर्ष जेठो हुनुहुने छ । जोनाल्ड ट्रम्प जुन १४ मा ७० वर्ष पुग्ने भएकाले राष्ट्रपति बनेमा उहाँ पनि इतिहासमा सबै भन्दा बढी उमेरको राष्ट्रपति बन्नु हुनेछ ।
हिलारी क्लिन्टन चुनाव भन्दा दुई हप्ता अघि ६९ वर्ष पुग्नु हुनेछ र उहाँ राष्ट्रपतिमा निर्वा्चित भएमा बढी उमेरमा राष्ट्रपति बन्नेमा उहाँ दोस्रो नम्बरमा रहनु हुनेछ ।
अमेरिकामा राष्ट्रपति वा उपराष्ट्रपतिले शपथ लिने दिनलाई इनागरेशन डे भनिन्छ । अहिलेसम्म दोस्रो सबैभन्दा बढी उमेरको राष्ट्रपतिको रुपमा विलियम हेनरी ह्यारिसनको नाम छ । उहाँ सन् ४१ मा राष्ट्रपति बन्नुभएको थियो ।
यस्तै ट्रम्प वा क्लिन्टन या ट्रम्प वा सान्डर्स जसविच राष्ट्रपतिका लागि प्रतिस्पर्धा भएपनि सन् १९४४ पछि पहिलो पटक न्युर्योकका दुई बासिन्दाबिच राष्ट्रपतिका लागि प्रतिस्पर्धा हुनेछ। सन् १९४४ मा न्युर्योकका गर्भनर थोमस इ डेवी र फ्रयाकंलिन डी रुजवेल्ट बिच प्रतिस्पर्धा भएको थियो ।
अब जो कोही राष्ट्रपतिमा चुनिएपनि ७१ वर्षपछि राष्ट्रपति बन्ने न्युयोर्कको बासिन्दा हुनेछन् । क्लिन्टनको जन्म शिकागोमा भएपनि उहाँ अहिले न्युर्योकमै बस्नु हुन्छ र उहाँ न्युर्योकबाट सिनेटर भइसम्नु भएको छ ।
ट्रम्प विजयी भएमा कम खर्चमा चुनाव जित्ने छन् । ट्रम्पले अहिलेसम्म चार करोड ९० लाख अमेरिकी डलर खर्च गरेका र त्यसमा तीन करोड ६० लाख उहाँको व्यक्तिगत सम्पत्ति हो । क्लिन्टनले भने अहिलेसम्म १८ करोड ७० लाख अमेरिकी डलर खर्च गरिसक्नुभएको छ ।
ट्रम्पको जितेमा त्यो अर्को अर्थमा पनि महत्वपूर्ण हुनेछ । अमेरिकामा ६० वर्ष भन्दा धेरै समयदेखि राजनीतिक अनुभव बिनाको व्यक्तिले राष्ट्रपति चुनाव जितेका छैनन् ।  ट्रम्प अहिलेसम्म कुनै राज्यको गर्भनर वा अमेरिकी सदनको सिनेर पनि बनेका छैनन् ।
सन् १९५३ मा राष्ट्रपतिमा निर्वा्चित भएका आइजनहावर राजनीतिक अनुभव बिना राष्ट्रपति बन्ने पछिल्लो अमेरिकी हुनुहुन्छ । यसअघि सन् १९२९ मा राष्ट्रपतिमा निर्वा्चित हुनुभएका हर्बट हुवर राजनीतिक कार्यकर्ता नभइ एक इन्जिनियर र मानवतावादी कार्यकर्ता हुनुहुन्थ्यो ।
ट्रम्प भन्दाअघि कुनै पनि उम्मेदवारसँग क्यासिनो तथा होडलको श्रृँखला थिएन । क्लिन्टन राष्ट्रपति बनेमा उहाँ अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति हुनुहुनेछ । यसअघि सन् २००८ मा रिपब्लिकन पार्टीको तर्फबाट जोन म्याकेन राष्ट्रपतिको उम्मेदवार हुँदा अलास्काकी गभर्नर सारा पालिन उपराष्ट्रपतिको उम्मेदवार हुनुहुन्थ्यो । यस्तै सन् १९८४ मा डेमोक्र्या्टिक उम्मेदवार वाल्टर मोडेल राष्ट्रपति दौडमा रहँदा गेराल्डीन फेरारो उपराष्ट्रपतिको उम्मेदवार हुनुहुन्थ्यो । एजेन्सीको सहयोगमा
 

 

तपाईंको बिचार