Friday, April 28, 2017  |    

बेलायतमा पहिलो नेपाली मेयर

प्रकाशित मिति: 2016/05/12

वैशाख ३० , लण्डन । बेलायतको इतिहासमा  नेपाली पहिलोपटक नेपाली मुलका नागरिक मेयर बन्न सफल भएका छन् । संयुक्त अधिराज्य बेलायतको स्वान्ली टाउन काउन्सिल केन्टका लागि बुधबार भएको निर्वाचनमा गुल्मी रूपाकोटका शंकर गैरे मेयर बन्न सफल भएका हुन् ।

यसअघि सोही काउन्सिलको उपमेयर रहेका गैरे बेलायतमा मेयर बन्ने पहिलो नेपाली बनेका छन् । बिभिन्न क्षेत्रमा काउन्सिलर हुने नेपालीको संख्या करिव एक दर्जन रहेपनि गैरे पहिलोपटक मेयर निर्वा्चित भएका हुन् ।

सन् १९९४ मा बेलायत प्रवेश गरेका गैरे बिगत १३ बर्षदेखि स्वान्ली क्षेत्रमा बसोबास गरिरहेका छन् । उनी सत्तारुढ कन्भरभेटिभ पार्टीका तर्फबाट यसअघि सोही काउन्सिलमा काउन्सिलर र उपमेयर निर्वा्चिन भइ काम गरिसकेका भने उनी पत्नी लक्ष्मी गैरै गत बर्ष टाउन काउन्सिलर निर्वा्चित भएकी थिइन । लक्ष्मीको कार्यकाल अझै चार बर्ष बाँकी छ ।

निवर्तमान मेयर जोन वार्नेसले उनलाई मेयर पद हस्तान्तरण गरेका छन् । निर्वा्चित भएपछि गैरेले गुल्मीको गाउँबाट आएर बेलायतमा मेयरसम्म बन्दा आफुलाई गर्व लागेको भन्दै समुदायको हितमा काम गर्ने बताए ।
 

 
 

तपाईंको बिचार