Tuesday, April 25, 2017  |    

टाइटानिक जहाज दुर्घटनामा १२५ जनाको ज्यान बचाउने क्रिकेटरको साहसीक कथा

प्रकाशित मिति: 2016/05/21

विश्वको सबैभन्दा ठुलो जहाज टाइटानिकका बारेमा नसुन्ने सायदै होलान् । टाइटानिक ड्बेको कथामा आधारित हलिउड फिल्म त हेर्नुभएकै होला । प्रेम कहानीमा आधारित टाइटानिक फिल्म त प्रसिद्ध नै बन्यो तर के तपाइलाई थाहा छ यसभित्र अर्का क्रिकेटरको पनि कहानी छ भनेर जसले आफ्नो ज्यानको परवाह नगरी १२५ जनाको ज्यान बचाए र उनी आफै मृत्युको अगाडी गए । उनी थिए जोन थाएर

जब टाइटानिक जहाज इंल्याण्डबाट अमेरिकाको लागि छुटेको थियो त्यसबखत त्यहाँ २२२४ यात्री र क्रु मेम्बर सवार थिए । तर १४ अप्रिल १९१२ को रातमा जहाज डुव्यो र १५१७ यात्री मरे भने ७०७ जना बाँचे । मर्ने मध्यमा एक थिए जोन थाएर । उनी टाइटानिकमा सावर भएका एक मात्र प्रोफेसनल क्रिकेटर थिए ।  अमेरिकामा जन्मेका उनी एक शक्तिशाली क्रिकेटर थिए  । उनले १८८१ देखि १८८६ सम्म ७ ओटा फस्ट क्लास म्याच खेलेका थिए । जसमा १३८ रन बनाए र ६ विकेट लिए ।


 उनी पेन्सलभानिया को ल्याक्रास टिमका कप्तान पनि बने र मर्नुभन्दा केही समय पहिलेसम्म मेरियन क्रिकेट क्लबमा क्रिकेट खेल्थे । थाएर फिलाडेल्फिया टिमका पनि एक हिस्सा थिए । तर पछि उनले आफ्नो व्यवसाय पनि शुरु गरे । उनका चार बच्चा थिए । उनी आफ्नो ५० औ जन्मदिनको ११ दिन पहिला उनी आफ्नी पत्नी तथा ठुलो छोरा ज्याक थाएर र घरमा काम गर्नेको साथमा इंग्ल्याण्डबाट अमेरिका जान भनी सो टाइटानिक जहाजमा सवार थिए । १४ अप्रिल १९१२ मा जब जहाज आइसबर्गमा ठोक्किएर डुब्न लाग्यो तब जहाजका सबै चिच्याउन थाले । थाएर एक शक्तिशाली र बलवान परिवारका थिए । उनलाई लाइफबोटमा परिवार सबैलाइ राख्न  जहाजका कप्तानले भने तर उनले आफ्नो ज्यान बचाएर भाग्नुको सट्टा आफ्ना छोरा ज्याकसँग मिलेर बाकी मानिसहरुको ज्यान बचाउने निर्णय गरे । 


उनले आफ्नी पत्नलिाई लाइफबोटमा राखिदिए । थोमस एंड्रज टाइटेनिक जहाजका डिजाइनर थिए र उनी पनि सो बखत जहाजमा सवार थिए । थोमस पनि विश्विद्यालयमा क्रिकेट खेल्थे । उनी नर्थ क्रिकेट युनियनका भाइस प्रेसिडेन्ट थिए । जहाज डुबेपछि थोमसले पनि थाएरलाई लाइफबोटमा बसेर ज्यान बचाउन भने तर थाएरले आफु मात्र बच्न चाहेनन । अरुलाई पनि बचाउन चाहे ।  जब थोमसले अबको एक घण्टा भित्र जहाज पुर्ण रुपमा डुब्नेछ भने तव थाएरले आफ्ना छोरालाई पनि समुद्रमा पौडी खेलेर ज्यान बचाउन भने ।  जहाज पूर्ण रुपमा डुब्न २ घण्टा ४० मिनेट लागेको थियो ।  यस दौरानमा उनले एक सय २५ को ज्यान बचाए । अन्तमा जहाजमा बाकी रहेका १५ सय भन्दा बढी सँगै समुद्रमा डुबे ।
 

 

तपाईंको बिचार