Saturday, March 25, 2017  |    

भारतमा सैनिक व्यारेकमा विष्फोट हुँदा १७ जनाको मृत्यु

प्रकाशित मिति: 2016/05/31

जेष्ठ १८ । भारतको महाराष्ट्रस्थित सैनिक व्यारेकभित्र राखिएको गोला–बारुद विष्फोट हँुदा १५ सैनिक सहित १७ जनाको मृत्यु भएको छ । १९ जना घाईते भएका छन् । महाराष्ट्रको बर्धा जिल्लामा रहेको सेनाको एक क्याम्पमा गएराती विष्फोटपछि आगलागी हुँदा १५ सैनिक र २ सर्वसाधारणको मृत्यु भएको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सेनाको सो डिपोमा ठूलो मात्रामा गोलाबारुद भण्डारण गरिएको थियो । विष्फोटको कारणबारे अनुसन्धान भइरहेको छ ।  

 

 

तपाईंको बिचार