Saturday, September 23, 2017

आसामका बिधायकद्धारा नेपाली भाषामा सपथ ग्रहण

प्रकाशित मिति: 2016/06/03

जेष्ठ २१ । सबैतिर भाषागत मान्यता र पहिचानको लडाईं चलिरहेका बेला भर्खरै राज्यसभाको चुनाव सम्पन्न आसाम राज्यका माननीयहरुले नेपाली, संस्कृतमा सपथ खाएका छन ।  

भारतको आसाम राज्य विधानसभा सदस्य सभासद गणेश कुमार लिम्वुले नेपाली भाषामा सपथ लिएका छन् भने अंगुरलता देकाले संस्कृत भाषामा ओहोदाको सपथ लिएकी छन् । आसाममा चर्चित नायिकाको परिचय बनाएकी देका गत वर्ष मात्रै भारतीय जनता पार्टी प्रवेश गरेकी हुन् । देकाले बुधबार पदीय ओहोदाको सपथ खाएकी हुन् । नेपाली र संस्कृतमा सपथ लिने दुवैजना विधायक भारतीय जनता पार्टीसम्बद्ध छन् ।
३० बर्षिया बिधायक अंगुरलताले आफ्नो मातृभाषा आसामी भएपनि संस्कृत भाषा सबै भाषाको मातृभाषा भएकाले संस्कृत भाषालाई महत्व दिदै नयाँ पुस्तालाई यो पुरानो, धनी र वैज्ञानिक भाषाको महत्वबारे बुझाउन खोजेको समेत बताइन ।

उनीसँगै अन्य दुई सभासदले पनि संस्कृत भाषामा सपथ लिएका थिए । त्यसैगरी, विधायक लिम्बूले आफूले आफ्नै मातृभाषा नेपालीमा सपथ लिन चाहेको स्पष्ट पारे ।
यसैगरी, आसाम राज्यमा मात्रै १३ जना विधायकले बंगाली भाषामा, ११ ले बोडो, ५ जनाले अंग्रेजी र  ९१ जनाले आसामी भाषामा सपथ लिएका छन् । समाजशास्त्रीय जानकारले यो भाषिक विविधताको सपथलाई भारतीय जनता पार्टीको राष्ट्रियतालाई पुर्नभाषित गर्ने र समावेशी समाज निर्माण गर्ने योजनाको एक अंश भएको बताएका छन् । भारतमा धेरै समीक्षकले यो कदमको स्वागत गरेका छन् । आसाम राज्य विधानसभामा १ सय २६ कुल सिट रहेकोमा भारतीय जनता पार्टीले ८६ सिटमा विजय हासिल गरेर बहुमतको हैसियत बनाएको छ ।
८ वर्षअघि नेपालमा समेत तत्कालिन उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा पद तथा गोपनियताको सपथ लिने हुँदा उनी विवादको घेरामा परेका थिए ।
   

 

 

तपाईंको बिचार