Sunday, April 30, 2017  |    

गोली प्रहारबाट गायिकाको निधन

प्रकाशित मिति: 2016/06/11

जेठ २९, न्युयोर्क ।  संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा गोली प्रहारबाट गायिकाको निधन भएको छ । गोली प्रहारबाट क्रिस्टिना ग्रिम्मीको निधन भएको छ । अमेरिकाको टेलिभिजन कार्यक्रम ’दि भ्वाइस’ बाट चर्चामा आएकी ग्रिम्मीलाई एक बन्दूकधारीले गोली प्रहार गरेको र गोली लागेपछि उपचार गराउने क्रममा मृत्यु भएको अन्तर्रा्ष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

फ्लोरिडाको ओर्लोन्डोमा आयोजित एक कन्सर्टमा अटोग्राफ दिँदै गर्दा उनलाई एक बन्दूकधारीले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएकी २२ वर्षीया गायिकाको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
 
अमेरिकी समय अनुसार शुक्रबार राति करिव पौने ११ बजे उनीमाथि गोली प्रहार गरिएको थियो ।

गोली प्रहार गर्ने बन्दूकधारीले क्रिस्टिनालाई गोली प्रहार गरिसकेपछि आफैंलाई गोली हानी घाइते बनाएका थिए। प्रहरीले गोली हान्नेको नाम गोप्य राखेको छ ।  

२०१४ को दि भ्वाइसको सिजन ६ मा क्रिस्टिना तेस्रो भएकी थिइन्।
  

तपाईंको बिचार