Sunday, May 28, 2017  |    

१० जना चिनियाँ नागरिकलाई भारत छाड्न आदेश

प्रकाशित मिति: 2016/06/14

जेठ ३२, नयाँ दिल्ली ।  भारतको ओडिसा सरकारले १० जना चिनियाँ नागरिकहरुलाई भारत छाड्न आदेश दिएको छ । अडानी समूहको एक कम्पनिमा कार्यरत चिनियाँ नागरिकहरुलाई १७ जून भित्र भारत छाड्न आदेश दिइएको  बीबीसीले जनाएको छ । 
 ओडिशाका गृह सचिव असित त्रिपाठीका अनुसार यो आदेश भारतको केन्द्र सरकारको निर्देशनअनुसार दिइएको हो । किनकी चिनियाँ नागरिक कार्यरत स्थान ‘व्हीलर आइल्याण्ड’ अर्थात् एपीजे अब्दुल कलाम टापूको नजिकै छ, जसलाई भारतको संवेदनशील सुरक्षा प्रतिष्ठान मानिन्छ । भद्रकभन्दा १५ किलोमिटर टाढा रहेको यस टापुबाट आकाश, अग्नि, धनुष र पृथ्वी जस्ता मिसाइलको प्रक्षेपण गरिन्छ ।
भारतीय अधिकारीका अनुसार जुन कम्पनीमा चिनियाँ कामदारहरुले काम गरिरहेका छन् सो कम्पनि थाइल्याण्डको हो । सो कम्पनि भारतमा अडानी ग्रुपका लागि काम गरिरहेको छ ।
हालै मात्र चिनियाँ सेनाहरु भारतको सिमा क्षेत्रमा प्रवेश गरेको समचार भारतिय सञ्चारमाध्यमहरुले बताएका थिए । 
 

 

तपाईंको बिचार