Thursday, June 29, 2017  |    

डोनाल्ड ट्रम्पविरुद्ध नग्न पर्दशन गर्ने तयारीमा अमेरीकी महिला

प्रकाशित मिति: 2016/06/18

असार ४, न्युयोर्क ।  अमेरिकी कलाकार स्पेन्सर ट्युनिकले महिलाहरुलाई डोनाल्ड ट्रंम्पविरुद्ध रिपब्लिकन पार्टीको आगामी राष्ट्रिय सम्मेलनमा विरोध प्रदर्शनका लागि आव्हान गरेका छन् ।  
उक्त विरोध कार्यक्रममा महिलाहरुको एक ठूलो समूहले पूर्ण रुपले नग्न भएर ट्रंम्पविरुद्ध प्रदर्शन गर्नेछन् ।    

ट्युनिकले १०० महिलाको तस्विर खिच्ने योजना बनाए र त्यसै अनुसार महिलाहरुलाई आव्हान गरे तर अहिले सम्म १५०० महिलाले उक्त प्रदर्शनमा भाग लिन इच्छुक रहेको निवेदन दिइसकेका छन् । 

‘एभ्रिथिंग शी सेजÞ मिन्स एभ्रिथिंग’ भन्ने नाम दिइएको उक्त प्रदर्शनमा वस्त्रविहीन महिलाहरुले ऐना लिएर उभिने छन् र ऐना यस वर्षको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलन भएको स्थानतर्फ फर्काइने छ । 

 

 

तपाईंको बिचार