Saturday, December 16, 2017

बेलायती प्रधानमन्त्री क्यामरुनद्वारा राजीनामाको घोषणा

प्रकाशित मिति: 2016/06/24

असार १०, काठमाडौं । बेलायत ईयुबाट छुट्टिने घोषणासँगै बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले राजीनामाको घोषणा गरेका छन् ।
ब्रिटेन ईयुबाट बाहिरिने पक्षमा बुहमत आएपछि क्यामरनले अक्टोबरमा पद छाड्ने घोषणा गरेका हुन् । उनी २०१० देखि प्रधानमन्त्री थिए र २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए । क्यामरनले नै २०१५ को आम चुनावका क्रममा आफू प्रधानमन्त्री भए जनमत संग्रह गर्ने घोषणा गरेका थिए र उनी ब्रिटेन ईयूमा रहनु पर्ने पक्षमा उभिएका थिए ।
जनमत संग्रहको औपचारिक परिणाम घोषणापछि क्यामरनले परिणामलाई स्वीकार गर्ने बताए ।

 

तपाईंको बिचार