Tuesday, August 22, 2017

पाकिस्तानमा विवाह पूर्वको सेक्सबाट मैले के सिके ?

प्रकाशित मिति: 2016/06/25

असार ११ ,काठमाडौं ।  पाकिस्तानकी एक युवतीले लेखेको आलेखले यतिबेला  विश्वभरी नै हंगामा गरेको छ । पाकिस्तानमा विवाह पूर्वको यौन सम्बन्धबारे उल्लेख गर्दै लेखेको लेखका कारण जारा हैदर नामकी ती युवती चर्चामा छिन् । 

पाकिस्तानमा विवाह पूर्व सेक्सबाट मैले के सिकें’ शीर्षकमा लेखिएको उक्त लेख भि आइ सी नामक म्यागजिनमा प्रकाशित भएको थियो । 
पढ्नुहोस जाराको लेखको मुख्य अंश 
पाकिस्तान एक इस्लामिक र कट्टरपन्थी देश हो । तर पाकिस्तानमा पोर्न साइटहरु सबैभन्दा बढी हेरिने गरेको अनुसन्धानले देखाएका छन् । यसबाट नै यहाँको समाजबारे धेरै कुरा बुझ्न सकिन्छ । हुनत हरेक देशमा यौनको विषयमा कुरा गर्नु सहज मानिँदैन । पाकिस्तानमा यो कुरा झनै कठिन छ । विवाह पूर्ण यौन सम्बन्ध राखेको थाहा पाएमा पाकिस्तानमा केटीहरुलाई सरकारले नै सजाय तोकेको छ । केटीहरुको चरित्र मुख्य विषय भएपनि केटाहरुको चरित्रको कुरामा कुनै चासो दिइँदैन । यस्तो चलन पूर्व राष्ट्रपति जिया–उल हकको तानासाही ‘इस्लामिजेशन’को समय देखि चल्दै आएको छ । पाकिस्तानमा विवाह पूर्व यौन सम्बन्ध राख्ने केटीहरुलाई ढुंगाले हानेर समेत हत्या गर्ने गरिन्छ । त्यस्तै कोर्रा लगाउने वा अनर किलिङ भनिने पारिवारिक हत्या समेत पाकिस्तानमा सामान्य विषय हुन् ।
 
सन् २०१२ देखि पढाइका लागि क्यानडा आउनु अघि नै महिले दर्जनौं मानिससँग यौन सम्बन्ध राखिसकेकी थिएँ । हुन त यो कुरा एकदम सहज थिएन पाकिस्तानमा मलाई निक्कै दवाइयो । जिन्दगीको सबैभन्दा कामुक समयमा यस्तो प्रतिबन्धका कारण मैले सबैभन्दा बढी सेक्सको बारेमा सोच्ने गर्थें । पाकिस्तानमा रहँदा नै मैले विभिन्न प्रकारले सेक्स गरें । आफ्नो साथीको घरमा, उसको बुबाको अफिसमा वा अन्य खाली स्थानमा पनि गाडी रोकेर गरियो । कतिपय समयमा होटल पनि नगएको होइन । इस्लामाबादमा जम्मा २ ठूला होटल छन् । जस मध्ये एक म्यारिअट हो । यसको भाषा एक रातकै १५० देखि (२०० सम्म पर्छ । हाम्रो उमेरका युवा युवतीका लागि यो निक्कै महंगो हो । महंगो होटल बुक गर्दैमा पनि सुरक्षित हुन सकिँदैन । पक्राउ पर्ने खतरा उत्तिकै हुन्छ ।

 

पक्राउ परियो भने त्यो भन्दा खराव के हुन सक्थ्यो र । एक पटक मेरी अन्टीको प्रेमीलाई निक्कै कुटिएको थियो । मलाई पनि एक पटक फेला पारिइको थियो । त्यसपछि मेरो परिवारले केटासँग कुरा गर्न नै प्रतिबन्ध लगाए । १९ वर्षको उमेरमा जव म टोरोन्टो आएँ त्यतबेला सबै कुरा नयाँ थियो । मलाई घरको यादले सताउँथ्यो । टोरोन्टोमा पनि पाकिस्तानी केटासँग घुम्न मलाई अनौठो लाग्थ्यो । तर मलाई लाग्यो म बदलिनु पर्छ । र मैले आफूलाई बदले ।  
एजेन्सीको सहयोगमा

तपाईंको बिचार