Thursday, October 19, 2017

को हुन विश्व विजेता सिकन्दर

प्रकाशित मिति: 2016/06/26

असार १२, काठमाडौं । सिकन्दर महानलाई अंग्रेजीमा  Alexander the great पनि भनिन्छ । उनको जन्म ईसा पूर्व ११ जून ३२३ मा मेसेडोनियामा भएको थियो । उनको पिताको नाम फिलीप र आमाको नाम आलंपिया हो । उनको विवाह रखसानासँग भएको थियो ।
२० वर्षको उमेर मै उनी मेसिडोनिया (ग्रिक) का राजा भएको थिए । उनलाई विश्व बिजेता र इतिहासमा सबैभन्दा कुशल सेनापतिका रुपमा समेत लिइन्छ । युवा अवस्थामै राजा भएपछि उनले आफ्नो पिताले पुरा गर्न नसकेको एसिया जित्ने महात्वकांक्षा देखे । त्यही महत्वकांक्षा सहित सिकन्दरले विशाल सेना निमार्ण मात्र गरेनन् सर्वोत्कृष्ट सैन्य र उपकरणहरुसहित उनी एसिया विजयका लागि निस्किए । उनले एसिया विजयसँगसँगै विश्व विजेता बन्ने सपना समेत पालेका थिए ।
छोटै समयमा उनले इरान, सीरिया, मिस्र, टर्कि, अफगानिस्तान, मसोपोटेमिया, फिनीशिया, जुदेआ, गाझा, बककक्ट्रिया र भारतको पंजाबसम्मलाई आफ्नो कब्जामा लिन सफल भए । उनी आफ्नो विशाल शैन्य फौजका साथ सिरिया हुँदै मिश्रसम्म पुगे । मिश्रमा पुगी उनले अलेक्जांड्रिया नामक एक नयाँ नगर बसाए । त्यहाँ उनले एक विश्वविद्यालयको समेत स्थापना गरे ।

 
त्यसपछि सिकन्दर ईरान पुगे र त्यहाँका राजा डेरियस तृतीयलाई अरबेलाको युद्धमा पराजित गरि मारे । त्यहाँको राजालाई मारेपछि उनी स्वयम् त्यहाँका राजा बने । त्यहाँको राजा बनेपछि उनले त्यहाँका जनताको मन जित्न फारसी राजकुमारी रुखसानासँग विवाह गरे ।
भारतीय इतिहासकार सुरेन्द्र प्रताप सिंहका अनुसार सिकन्दरले भारतमाथि आक्रमण गरे । आक्रमण गर्दै जाँदा उनी पञ्जाव सिन्धु नदी छेउको तक्षशिलासम्म पुगे । त्यहाँ पुगेपछि उनी त्यस क्षेत्रका राजा पोरसबाट रोकिनु प¥यो ।
त्यसपछि सिकन्दर फर्केर पुनः बेबीलोन पुगे । त्यहाँ उनलाई ज्वरोले सतायो । त्यसबेला ज्वरो भयानक प्राणघातक रोग थियो । त्यसको कुनैपनि उपचार हुदैन थियो ।
त्यही ज्वरोका कारण ३३ वर्षको उमेरमै सिकन्दरको मृत्यु भयो । उनले केवल १० वर्षको छोटो अवधीमै एक विशाल साम्राज्यको स्थापना गरे ।

तपाईंको बिचार