Wednesday, July 26, 2017  |    

बंगलादेशमा बन्धक बनाइएकाहरुको मृत्यु भएको पुष्टि

प्रकाशित मिति: 2016/07/02

असार १८, ढाका । बंगलादेशको राजधानी ढाकास्थित एक रेष्टुरेन्टमा आइएसले बन्धक बनाएका २० जनाको हत्या भएको  बंगलादेश सरकारले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार, शुक्रबार साँझ ८ बजेर ४५ मिनेटमा कैयन् हतियारधारी मानिसहरु अल्लाह ओ अकबरको नारा लगाउँदै रेष्टुरेष्टमा पसेर भान्साका कर्मचारीदेखि सबैलाई बन्धक बनाएका थिए ।

उत्त घटनामा बन्धक बनाइएका २० र आतंककारी सहित २८ जना मारिएको सरकारले जनाएको छ ।

यो घटनाको जिम्मा अइएसले लिएको छ । आर्मी ब्रिगेडियर जेनेरल नाइम असरफ चौधरीले २८ जना मारीएको पुष्टी गरेका छन् । उनका अनुसार बन्धक बनाउनेहरु घरेलु हतियार ,बन्दुक बिष्फोटक पदार्थ लिएर अएका थिए ।

बन्धक बनाइएकामध्ये केही जापानी र श्रीलंकाली नागरिक थिए ।

बन्धकमा पर्नेहरुमध्ये अधिकांश मुस्लिम हुन् र उनीहरु रमजान ब्रत तोड्न रेष्टुरेन्टमा भेला भएका थिए ।

१४ बन्धकलाइ सुरक्षाकर्मिले उद्दार गरेको उनले बताएका छन् । प्रधानमन्त्री शेख हसिनाले एक प्रेस सम्मेलन गर्दै आइएसको उक्त कामलाई घृणित भनी टिप्पणी गरेकि छिन् ।

घटनामा मारिएको संख्या अझ बढ्न सक्ने स्रोतले जनाएको छ।

तपाईंको बिचार