Sunday, May 28, 2017  |    

क्लिन्टनलाई सहयोग गर्न बाराक ओबामाको आग्रह

प्रकाशित मिति: 2016/07/07

असार२२, वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो समर्थन हिलारी क्लिन्टनलाई रहेको बताएका छन् ।  बुधबार हिलारी र डोनाल्ड ट्रम्पका बीचको चुनावी रस्साकसीको भविष्य र काल्पनिक अतितको बीचको कुनै एक विकल्पलाई चुन्ने अभ्यास भएको बताएका छन् ।
 
हिलारी क्लिन्टनका  समर्थकलाई सम्बोधन  गर्दै ओबामाले क्लिन्टनलाई सहयोग गर्न अपिल गरेका छन् ।    
वास्तवमा नोभेम्बर ८ मा हुने निर्वाचन बाम र दक्षिण वा डेमोक्रेट र रिपब्लिक बीचको चयन होइन, बरु राष्ट्रपतिको चयन अमेरिकालाई कस्तो बनाउने भन्ने निर्णय लिने क्षण हो, नोभेम्बर ८ मा हुने निर्वाचनमा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको पक्षमा मतदान गर्न देशवासीसँग आग्रह गर्दै ओबामाले भने । 
हामी सम्पूर्ण अमेरिकीको पक्षमा काम गर्ने नेतृत्व छान्दैछौँ वा निश्चित दिर्घाका मानिएका पक्षमा सोचविचारसाथ मतदान गर्नु जरुरी रहेको छ ।

ओबामाले सम्बोधनका क्रममा अमेरिकी सङ्घीय अनुसन्धान विभाग (एफबीआई) ले हिलारीका विरुद्धमा आरोपपत्र नलाने फैसला गरेकोसमेत बताउनुभएको थियो ।
राष्ट्रपति ओबामाले अर्का उम्मेदवार ट्रम्पको नाम उच्चारण नगरिकनै उनमाथि प्रश्न गरे, कुनै पनि झुट बहानाबाजीले देशलाई सुरक्षित बनाउन सक्दैन ।

हिलारी क्लिन्टन विगतको दुनियाबाट हात पछाडि खिच्न सकिँदैन भन्ने धारणा राख्छिन् र यो अमेरिकी नेतृत्वका लागि आवश्यक विषय हो ।

ओबामाले सन् २००८ मा अमेरिकी इतिहासमै पहिलो अश्वेत राष्ट्रपति बनेर नयाँ इतिहास रच्नुभएको थियो ।

यदि हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनुभएमा उनी पहिलो अमेरिकी महिला राष्ट्रपति बनेर अमेरिकी इतिहासमा सुनौलो अर्को इटा थपिनेछ ।  

तपाईंको बिचार