Saturday, March 25, 2017  |    

फ्रान्समा फेरि आतंकवादी आक्रमण

प्रकाशित मिति: 2016/07/15

३१ असार । फ्रान्सको दक्षिणी सहर नाइसमा भएको आतंकवादी आक्रमणमा ७७ जनाभन्दा बढीको मृत्यु भएको छ। घटनामा ५० भन्दा बढीको अवस्था गम्भीर रहेको बताइएको छ। फ्रान्सको नाइसका एउटा अनियन्त्रिक ट्रक भिडमा प्रवेश गरेको थियो । घटनामा १५० बढी घाइते भएका छन् । फ्रान्सबासी बैस्टिल डे मनाउने क्रममा रहेका बेला ट्रक प्रवेश गरेको हो । प्रत्यक्षदर्शीहरुका अनुसार ट्रक चालकले भिडमा ट्रक प्रवेश गराएपछि गोलीसमेत प्रहार गरेका थिए ।

त्यसलगत्तै वरपर लासैलस देखिएको थियो । बास्टिल डे मनाउन भेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा लरीबाट किचिएर उनीहरुको मृत्यु भएको हो । बास्टिल डेलाई फ्रान्समा राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा उत्सव मनाइरहेको भीडमा लरी गुड्दा ठूलो संख्यामा मानिस मारिएको बताइएको छ । लरीलाई रोक्न प्रहरीले गोली चलाएको थियो । गोली लागेर चालकको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

तपाईंको बिचार