Saturday, December 16, 2017

टर्कीको कू प्रयासमा संलग्न रहेको आरोपमा ७५४जना सैनीक पक्राउ, ३० जना बर्खास्त

प्रकाशित मिति: 2016/07/16

मृत्यु हुनेको संख्या ६० पुग्यो

साउन १, स्तानबुल । टर्कीस सरकारले शुक्रबार राति भएको ‘कु’ प्रयासमा संलग्न रहेको आरोप मा ७५४ जना सैन्य अधिकारीहरुलाई पक्राउ गरेको छ भने ३० सैन्य अधिकारीहरुलाई बर्खास्त गरिएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

गएराति टर्कीस सेनाको एक समुहले सेनाका हातहतियार, ट्याङ, हेलिकप्टर लगायतको प्रयोग गरेर  सरकारलाई सत्ताच्युत गर्ने प्रयास गरेको थियो ।

कु गर्ने प्रयास गरेको सेनाको समुहले बन्दी बनाएका सेना प्रमुख हुलुसी अकरलाई उद्धार गरिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति रेसिप तैयिप एर्दोगानले ‘कु’को प्रयासलाई पूर्ण रुपमा नियन्त्रण गरिएको दाबी गरेका छन् । अहिले टर्कीका अंकारा तथा इस्तानबुल लगायतका विभिन्न स्थानमा कब्जा जमाएर बसेका सैनिकहरुले आफ्नो हातहतियार प्रहरीलाई बुझाउँदै आत्मसमर्पण गर्न थालेको पनि बताइएको छ । 

कु प्रयासमा ६० जनाको मृत्यु भएको छ भने १०० बढी घाइते भएका छन् ।
प्रधानमन्त्री बिनाली यिलडिरिमले एक टेलिभिजन च्यानल एनटिभीमा बोल्दै टर्कीमा भएको कू प्रयास नियन्त्रणमा लिइएको बताएपछि राष्ट्रपछि एर्दोगान विमानस्थलमा देखिएका हुन् ।

प्रेस कन्फ्रेन्समा बोल्दै राष्ट्रपति एर्दोगानले आफूलाई सत्ताच्युत गर्ने प्रयास राष्ट्रद्रोह भएको बताएका छन् । ‘जो जसले पनि यो कू गर्ने प्रयास गरेको हो उनीहरुले यसको ठूलो मुल्य चुकाउनुपर्छ,’ उनले भने ।
उनले आफू टर्कीका जनताहरुको साथमा नै रहेको र कहीँ नजाने पनि बताएका थिए । उनी कूको प्रयास हुँदा कोस्टल सहरा मारमारिसमा थिए । त्यहाँबाट उनी इस्तानबुल आएका थिए ।

‘म हिँडेको केही समयपछि नै विद्रोहीहरुले म बसेको ठाउँमा बम विस्फोट गराएका थिए,’ उनले भने, ‘उनीहरुलाई म त्यहीँ छु भन्ने लागेको थियो होला ।’

स्थानिय समय अनुसार शुक्रबार राति सुरु भएको कू को प्रयास शनिबार बिहानसम्म पनि जारी नै छ । इस्तानबुल र अंकाराका केही स्थानमा अझै पनि भिडन्त भइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यस्तै त्यहाँका सरकारी अधिकारीहरुले भने कू प्रयास विफल भइसकेको दाबी गरेका छन् ।
अंकारामा रहेको संसदभवनमा पनि विस्फोट गराइएको खबर पनि प्राप्त भएको छ । कू प्रयासमा हालसम्म आधिकारीक रुपमा ४२ जनाको मृत्यु भएको छ । मारीने मध्ये अधिकांश प्रहरी अधिकारीहरु रहेको बताइएको छ । 

राष्ट्रपति एर्दोगानका अनुसार कूको प्रयासमा अमेरिकामा रहेका धर्मगुरु फेतुल्लाह गुलेनको नेतृत्व रहेको छ । राष्ट्रपति एर्दोगानले पहिलेदेखि नै गुलेनले आफ्नो समर्थनमा रहेका न्याय प्रशासन र सैनिकहरुलाई सरकारलाई अपदस्त गर्न आवहान गर्दै आइरहेका थिए ।

यद्यपी गुलेनले भने यसको विरोध गरेका छन् । कू प्रयासमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै उनले भनेका छन् ‘सरकार स्वतन्त्र निवार्चनबाट बनाउने हो शक्तिबाट होइन ।’

राष्ट्रपति एर्दोगानले जनतालाई कू को विपक्षमा सडकमा ओर्लन आव्हान गरेपछि हजारौं मानिस सडकमा ओर्लिएर विरोध गरिरहेका छन् ।

कू प्रयासमा रहेको सैनिक समुहले भने अंकारा र इस्तानबुलमा कर्फ्युसँगै मार्सल ल लगाएको बताएको छ । यस्तै टर्की सेनाका प्रधानसेनापति समेत आफ्नो कब्जामा रहेको दाबी गरेको छ ।

 

तपाईंको बिचार