Friday, April 28, 2017  |    

अपडेट-टर्कीमा सेनाको कू प्रयास असफल,२०० भन्दा धेरैको मृत्यु

प्रकाशित मिति: 2016/07/16

साउन १, स्तानबुल । टर्कीमा सेनाको एक समुहले सत्ता कब्जा गर्न खोजेको प्रयासलाई राष्ट्रपति एर्ड़ोगन समर्थित सेनाले असफल बनाइएको जनाएको छ । गए राति देखि सेनाको एक समुहले राष्ट्रिय टेलिभिजनमा सत्ता आफुले लिएको घोषणा गर्दै देश भरी कर्फ्यु र मार्शल नियम लागु भएको घोषणा गरेको थियो ।

घटनामा सत्ता कब्जा गर्न खोज्ने १ सय ४ जना सैनिक मारिएको सेनाका कामु जनरलले बताएका छन् । घटनामा अहिले सम्म ९० जना सर्वसाधारण मारिएका छन् भने सयौ घाइते भएका छन् । १५ सय भन्दा बढी सत्ता कब्जा गर्न खोज्ने सेनालाई प्रहरीले हिरासतमा लिएको जनाइएको छ ।  साथै सरकारले २९ कर्नेल र ५ जनरललाई पदबाट हटाएको विविसीले जनाएको छ । बिद्रोही सेनाले कब्जामा लिएका सेना प्रमुखलाई सकुसल मुक्त गरिएको छ भने अहिले देश आफ्नो पूर्ण नियन्त्रणमा रहेको राष्ट्रपति एर्ड़ोगनले वताएको विविसीले जनाएको छ ।  इस्तानबुल स्थित एयरपोर्टलाइ सुचारु गरिएको सरकारले जनाएको छ ।

टर्कीको संसद भवनमा बम प्रहार गरिएको थियो जसमा १७ प्रहरीको मृत्यु भएको बताइएको छ । घटनामा सबै गरेर अहिले सम्म २ सय भन्दा बढीको मृत्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । अहिले पनि कति ठाउँमा बिद्रोही सेनासँग गोलि हानाहान भैरहे पनि स्थित आफ्नो नियन्त्रणमा रहेको राष्ट्रपति समर्थित टर्कीको सेनाले जनाएको छ ।

 

तपाईंको बिचार