Wednesday, July 26, 2017  |    

कश्मिरमा जारी आन्दोलन हिंस्रक बन्दै ,मिडियामा सेन्सरसिप

प्रकाशित मिति: 2016/07/17

साउन २, मुम्बई ।  भारत नियन्त्रित कश्मिरमा जारी हिंसालाई नियन्त्रणमा लिनका लागि उक्त क्षेत्रका अखबारमा प्रतिबन्ध लगाइएको छ । प्रशासनले स्थानीय पत्रिकाको अफिसमा छापामा मारेर पत्रिकाका प्रतिहरु जफत गरेको छ ।  
जारी हिंसामा कश्मिरमा मारिनेको संख्या ४३ पुगिसकेको छ । त्यस्तै १५ सय सुरक्षाकर्मी र ३१४० सर्वसाधारण घाइते भएको बताइएको छ ।

सन् १९९० पछि उक्त क्षेत्रमा पहिलो पटक मिडियामा सेन्सरसिप गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

उक्त क्षेत्रमा यसअघि नै मोबाइल, टेलिफोन र इन्टरनेट बन्द छ भने केबल लाइन पनि काटिएको छ ।

पत्रिकामा सेन्सरसिप लगाएपछि स्थानीय पत्रकार तथा सञ्चारकर्मीले यसको विरोधमा प्रदर्शन समेत गरेका छन् । शुक्रबार राती प्रिन्टिङ प्रेसहरुमा समेत छापा मारिएको थियो ।

१० जिल्लामा कफ्र्यु

प्रदर्शन शुरु भएको आठौं दिनमा पनि कश्मिरमा हालत तनावपूर्ण रहेको छ । उक्त क्षेत्रका १० जिल्लामा अहिले पनि कफ्र्यु जारी छ । यसको बावजुद प्रदर्शनकारीले पाकिस्तानको झण्डा लिएर उक्त क्षेत्रमा प्रदर्शन गरिहेका छन् । भारतविरोधी नाराबाजी भइरहेको छ ।

 
पाकिस्तानमा कालो दिन मनाइने

कश्मिरमा जारी हिंसाको विरोधमा पाकिस्तानमा जुलाई २० मा कालो दिन मनाउने भएको छ ।

शुक्रबार पाकिस्तानको संघीय क्याबिनेटले अलगाववादी नेता बुरहान बानीको हत्याको विरोधमा कालो दिन मनाउने फैसला गरेको थियो ।

सन् १९४७ अक्टोबर ३१ मा जवहरलाल नेहरुले कश्मिरमा जनमतसंग्रहको वाचा गरेर त्यसलाई हालसम्म पूरा नगरेकोमा भारत प्रशासित कश्मिरमा लामो समयदेखि सरकारप्रति असन्तुष्टि रहेको छ । त्यहाँको असन्तुष्टि दबाउन लामो समयदेखि ठूलो मात्रामा सैनिक परिचालित गरिँदै आइएको छ ।
 

 

तपाईंको बिचार