Saturday, September 23, 2017

बेलायतसँग व्यापार सम्झौता गर्न इच्छुक रहेको अष्ट्रेलियाको भनाई

प्रकाशित मिति: 2016/07/17

श्रावण २, २०७३ । अष्ट्रेलियाले ब्रिटेनसँग खुला व्यापार सम्झौताका लागी आफु तयार रहेको बताएको छ ।
बेलायतका प्रधानमन्त्री टेरिसा मेले अष्ट्रेलियाको कदम अत्यन्त उत्साहजनक रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले ब्रक्जिट बेलायतका लागी फाइदा पुर्ण रहेको पुष्टि भएको समेत उल्लेख गर्नुृभएको छ । अष्ट्रेलियन समकक्षी माल्कम टर्नबुल सँगको फोन संवादमा अष्ट्रेलिया जतिसक्दो छिटो व्यापारिक सम्झौता गर्न इच्छुक रहेको मे ले बताउनुभयो ।
बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियम फक्सले दर्जनौँ व्यापारिक सम्झौता बारे गृहकार्य भैरहेको बताउनुभएको छ । प्रधानमन्त्री मेले ईयुबाट बर्हिगमनको निर्णयलाई उपलब्धिमुलक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

 

तपाईंको बिचार