Wednesday, August 23, 2017

यमनमा ११ विद्रोही मारिए

प्रकाशित मिति: 2015/06/20

 

साना, जेठ २५ गते यमनमा साउदी अरेबियाको नेतृत्वको हवाई कारबाही जारी नै रहेका बेला आइतबार ११ जना विद्रोही मारिएको समाचार त्यहाँका हुथी विद्रोहीविरुद्धको विरुद्धमा साउदी अरेबियाको सेनाको नेतृत्वमा कारबाही जारी नै रहेको बताइएको

सो कारबाहीका क्रममा आइतबार बिहानसम्ममा कम्तीमा पनि ११ जना विद्रोही मारिएका बताइएको साउदी अरेबियाको सेनाले हुथी विरुद्धको यस्तो हमलालाई केही हप्ताअघिदेखि बन्द गरेको जनाएको थियो तर पछिल्ला केही दिनयताभने यमनको सेनाको संयोजनमा सो कारबाही जारी नै राखेको

यस्ता खालका कारबाहीहरुमा विद्रोहीमात्र नभई अन्य सर्वसाधारणको पनि ज्यान जाने गरेको अधिकारवादीहरूले बताउने गरेका छन् तर साउदी अरेबिया नेतृत्वको सैनिक गठबन्धनले भने मारिनेमा विद्रोही नै पर्ने गरेको बताउँछन् मारिनेमा केही सर्वसाधारण पनि रहेको समाचारमा जनाइएको

साना सहरमा नै सेनाले हुथीका विरुद्धका कारबाही गरिरहेको तर यसअघि नै साउदी अरेबिया नेतृत्वको सेनाले भने राजधानी सानामा हुथीको खतरा नरहेको बताएको थियो साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यमनको राष्ट्रिय सेनाले सिया विद्रोहीविरुद्धको कारबाही जारी नै राखेको

यमनको दोस्रो ठूलो सहर सानाको दक्षिणी क्षेत्रमा रहेको एक विद्रोहीको क्याम्पलाई लक्ष्यगरी आइतबार बिहान पनि गरिएको अर्को एक आक्रमणमा परी त्यहाँ रहेका ११ जना विद्रोही मारिएको सेनाले जनाएको यमनको दक्षिणी भागका अधिकांश क्षेत्र हाल विद्रोहीको नियन्त्रणमा पुगेको बताइएको त्यसैले सेनाले सो हमला गरेको हो रासस/एएफपी

तपाईंको बिचार