Saturday, March 25, 2017  |    

पाकिस्तानी पुर्वराष्ट्रपति परवेज मुशर्रफको सम्पति जफत गर्न अदालतको आदेश

प्रकाशित मिति: 2016/07/20

साउन ५ । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको सबै सम्पत्ति जफत गर्न त्यहाँको एक अदालतले आदेश दिएको छ । राजद्रोहको मुद्दामा अदालतमा उपस्थित नभएको भन्दै उनका सबै बैंक खाता र सम्पत्ति जफत गर्न अदालतले मंगलबार आदेश दिएको हो ।
मुशर्रफका वकील फैसल चौधरीले अदालतको यो आदेशविरुद्ध सर्वोच्च अदालतमा जाने बताएका छन् । मुशर्रफ सन् २०१६ मार्चदेखि युएईमा छन् । स्वास्थ्य उपचारका लागि त्यहाँ गएका उनी अझै स्वदेश फर्किएका छैनन् । मुशर्रफ पाकिस्तानका पूर्व सैनिक शासक हुन् । उनले सन् २००८ मा पदबाट राजीनामा दिएका थिए । उनी राष्ट्रपति हुँदा सन् २००७ मा देशमा संकटकाल घोषणा गरेको, संविधानलाई निलम्बन गरेको, लगायतका आरोप लागेको छ ।
उनीविरुद्ध लागेको राजद्रोहको मुद्दामा आजिवन कैद वा फाँसीको सजायँ हुनसक्ने जानकाहरु बताउँछन् ।

सन् २०१३ मा तेस्रो पटक सत्तामा आएपछि प्रधानमन्त्री नवाज शरीफले मुशर्रफविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

 

तपाईंको बिचार