Friday, April 28, 2017  |    

प्रमुख तेलक्षेत्रहरु कब्जा गरेको दावी

प्रकाशित मिति: 2015/06/20


जुबा, जेठ २५ गते । दक्षिणी सुडानमा विद्रोहीहरु देशको उत्तरी भागमा अवस्थित तेलको प्रमुख क्षेत्रहरु शनिबार कब्जा गरेको दावी गरेका छन् । सरकारी सुरक्षाबलसँग भीषण लडाई भएको केही हप्ता पछाडी सो तेल क्षेत्रहरु कब्जा भएको दावी विद्रोहीले गरेका जनाइएको छ ।
विद्रोहीका प्रवक्ता जेमस गत्डेट दाकले एएफपी समाचार समितिलाई युनिटी राज्यको तेलक्षेत्रहरु सवै संरचना विद्रोहीको हातमा आएको दावी गरेका हुन् । त्यसैगरी युनिटी राज्यको छिमेकमा पर्ने निले राज्यमा रहेको तेलक्षेत्र पनि कब्जा गर्ने प्रयास जारी रहेको दाकले एएफपीलाई थप जानकारी दिएका छन् ।
‘हाल युनिटी राज्यमा तेलको उत्पादन हुदैन् र दक्षिण सुडानमा रहेका सवै तेल क्षेत्रलाई सशस्त्र कब्जा गरी सञ्चालन बन्द गर्ने हाम्रो लक्ष्य रहेको छ’ दाकले बताएका छन् । युनिटी राज्यमा हालै मात्र सरकारी सुरक्षाबल र विद्रोहीबीच भीषण लडाई भएको सरकारले पुष्टि गरेको छ । तर यसैको विस्तृत विवरण भने दिइएको छैन् ।
यस राष्ट्रमा सन् २०१३ को डिसेम्बरदेखि नै गृहयुद्ध सुरु भएको थियो । रासस/एएफपी

 

तपाईंको बिचार