Sunday, October 22, 2017

तालिवानले गरे १७ प्रहरीको हत्या

प्रकाशित मिति: 2015/06/20

 

अफगानिस्तान, जेठ ३० गते अफगानिस्तानको दक्षिणी क्षेत्रमा रहेको एक प्रहरी चौकीमा तालिवानहरुले आक्रमण गरी कम्तीमा पनि १७ प्रहरीको हत्या गरेका छन्

दर्जनौँको सङ्ख्यामा आएका तालिवानले सो प्रहरी चौकीमा अकस्मात हमला गरेका थिए हेल्मण्ड प्रान्तमा रहेको प्रहरी चौकीमा सो हमला भएको हो

हमलामा परी अरु पनि केही प्रहरी घाइते भएका बताइएको हेल्मण्ड प्रान्तको मुसा क्वाला जिल्लामा रहेको प्रहरी चौकीमा सो हमला भएको थियो

उक्त प्रान्तका प्रहरी प्रमुख नाबी जान मुल्लाहखिलले दिएको जानकारीअनुसार शनिबार बिहानीपख ती हतियारधारीले सो प्रहरी चौकीमा अकस्मात आक्रमण गरेका थिए

हेल्मण्ड प्रान्तका प्रवक्ता ओमार जाकले सो हमलाको पुष्टि गर्नुभएको उहाँले उक्त हमलामा परी मारिने प्रहरीको सङ्ख्या १७ पुगेको अरु तीनजना घाइते भएका जानकारी दिनुभयो

तालिवानहरुले सो हमलाको जिम्मेवारी लिएका छन् उनीहरुले उक्त प्रहरी चौकीमा रहेका कयौँ शक्तिशाली हतियारहरु पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् रासस÷एएफपी

 

तपाईंको बिचार