Saturday, June 24, 2017  |    

अफगानिस्तानको दक्षिणी भागमा लडाकूले सत्र प्रहरी मारे

प्रकाशित मिति: 2015/06/20

 

अफगानिस्तान, जेठ ३० गते अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको एक सुरक्षा चौकीमा शनिबार बिहान तालिवान लडाकूले आक्रमण गरी १७ प्रहारी मारेको जानकारी अधिकारीहरूले दिएका छन्

हेलमान्ड प्रान्तका प्रहरी प्रमुख नबी जान मुल्लाहखिलले हेलमान्डको मुसा कला जिल्लाको प्रहरी चौकीमा दजनौँ सशस्त्र तालिवानले आक्रमण गरेको बताउनुभयो उहाँले यस आक्रमणमा १७ प्रहरीको मृत्यु भएको अन्य तीन घाइते भएको जानकारी दिनुभयो

हेलमान्डका प्रान्तीय गभर्नरका प्रवक्ता ओमार जवाकले मध्यरातपछि उक्त आक्रमण भएको पुष्टि गर्नुभयो  
यस आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन अफगान सरकारले शान्ति वार्ता पुनः आरम्भ गर्न निरन्तर रूपमा प्रयास गरेपनि तालिवानले वार्षिक गृष्मकालीन आक्रमण गहन बनाएको  
विद्रोहीहरूले अप्रिलको अन्त्यतिर देशव्यापी रूपमा आक्रमण आरम्भ गरेको हो उनीहरूले सरकारी विदेशी संस्थालाई आफ्नो आक्रमणको लक्ष्य बनाएका छन् रासस÷एएफपी

तपाईंको बिचार