Saturday, June 24, 2017  |    

पाकिस्तानद्वारा विदेशी दाता समूहलाई मुलुकमा रहन दर्ता नवीकरण गर्न आग्रह

प्रकाशित मिति: 2015/06/20

 

इस्लामाबाद, असार २ गते । पाकिस्तानले मङ्गलबार मुलुकमा सञ्चालन भएका सबै अन्तर्राष्ट्रिय दाता समूहलाई तीन महिनाभित्र सम्बन्धित अधिकारीहरूसमक्ष आफ्नो दर्ता नवीकरण गर्न आग्रह गरेको छ । पाकिस्तान सरकारले हाल विदेशी दाता संस्थामाथि कारवाही गरिरहेको छ र सेभ द चिल्ड्रेनको कार्यालय बन्द गरिदिएको छ । सरकारी निर्णय अनुसार यस्ता समूहमाथि गुप्तचर संस्थाहरूले नयाँ मूल्याङ्कन गर्नेछन् र त्यसपछि मात्र पाकिस्तानमा रहन उनीहरूलाई अनुमति दिइने बताइएको छ । उक्त निर्णय प्रधानमन्त्री नवाज सरिफको अध्यक्षतामा बसेको बैठकमा लिइएको उहाँको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।

विज्ञप्तिमा छलफलपछि बैठकले हाल पाकिस्तानमा काम गरिरहेका सबै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सम्बन्धित अधिकारीहरूले अनुमति दिएको क्षेत्रमा छ महिनाका लागि कार्यरत रहन पाउने उल्लेख गरिएको छ ।

पाकिस्तानमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको काम गराइ सरल बनाउन उनीहरूले पाकिस्तान सरकारसँग तीन महिनाभित्र नयाँ दर्ताको प्रक्रियालाई पूर्ण गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाकिस्तानले अन्तर्राष्ट्रिय दाता संस्थाहरूले गोप्य रूपमा गुप्तचरी आरोप लगाएको छ र उनीहरूमाथि आफ्नो नीतिलाई कडा बनाएको छ ।

गत साता सेभ द चिल्ड्रेनको कार्यालय बन्द गरिएको थियो र आमसञ्चारले यस संस्थाको काम बन्द गर्ने आदेशलाई सरकारले फिर्ता लिएको समाचार दिए पनि मङ्गलबार पनि उनीहरूको काम स्थगन भएको छ ।

अधिकारीहरूले यी परोपकारका संस्थाहरूले मुलुकविरुद्ध काम गरेको आरोप लगाउँदै पाकिस्तानलाई कमजोर बनाउने ठानिएका थप विदेशी दाता संस्थाहरूलाई बहिष्कार गरिने बताएका छन् ।

सन् २०१२ मा पाकिस्तानले सेभ द चिल्डे«नका विदेशी कर्मचारीहरूलाई फिर्ता पठाएको थियो । यस संस्थाले पाकिस्तानले गत ३५ वर्षदेखि काम गरिरहेको छ र यसले एक हजार २०० पाकिस्तानी नागरिकलाई रोजगारी दिएको छ ।

चिकित्सक सकिल अफ्रिदीलाई सीआईएले नक्कली खोप कार्यक्रम सञ्चालन गर्न लगाइ अल–कायदाका प्रमुख ओसामा बिन लादेन खोज्न प्रयोग गरेको आरोप पाकिस्तानी गुप्तचर सेवाले लगाएपछि सरकारले यस प्रकारको पाइला लिएको हो ।

सेभ द चिल्डे«नले अफ्रिदी तथा सीआईएसँग अफ्नो कुनै सम्बन्ध नभएको दाबी गरेको छ ।

पाकिस्तानले दाता समूहमाथि कारवाही गरी आफैँलाई चोट पु(याएको भनी अमेरिकाले शुक्रबार चेतावनी दिएको थियो । राससरएएफपी

 

 

तपाईंको बिचार