Sunday, October 22, 2017

प्यारासुट बिना २५ हजार फिटबाट जम्प गरेर किर्तिमान

प्रकाशित मिति: 2016/07/31

श्रावण १६,काठमाडौं । अमेरिकी नागरिक ल्युक आइकिन्सले २५ हजार फिटको उचाइबाट बिना प्यारासुट जम्प गर्दै जालीमा सुरक्षित ल्यान्ड गर्ने किर्तिमान कायम गरेका छन् ।

हालसम्ममा १८ हजारपटक स्काइ डाइभिङ गरी सकेका आइकिन्सले २५ हजार फिटमाथीबाट जम्प गर्दै १०० फिट चौडा र १०० फिट लम्बाई भएको जालीमा दक्षीण क्यालिफोर्नियाको सिमी भ्यालीमा अवतरण गरेका थिए ।

४२ वर्षीय आइकिन्स अमेरिकी प्यासुट एसोसियसनका सुरक्षा तथा तालिम सल्लाहकार हुन् । उनी विगत २६ वर्षदेखि स्काइ डाइभिङ गर्दै आइरहेका छन् ।

 

तपाईंको बिचार