Sunday, May 28, 2017  |    

पाकिस्तानको सरकारी अस्पतालमा विष्फोट, ३० को मृत्यु, दर्जनौ घाइते

प्रकाशित मिति: 2016/08/08

साउन २४, पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित एक सरकारी अस्पतालमा बम विष्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । अन्य दर्जनौं व्यक्तिहरु घाइते भएका छन् ।
सोमबार बिहान विष्फोट हुनु अघि आक्रमणकारीले गोली चलाएका थिए । क्वेटा सहरमा एक वरिष्ठ वकीलको हत्यापछि भएको यो विष्फोटमा पनि धेरैजसो वकीलहरु नै घाइते भएको बताइएको छ । हत्या भएका वकिलको शव अस्पताल ल्याइएका बेला आक्रमण भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले क्वेटा विष्फोटको भत्र्सना गरेका छन् ।

 

तपाईंको बिचार