Sunday, April 30, 2017  |    

चर्चित भारतिय मानवअधिकारबादी महिला इरोम शर्मिलाले १६ बर्षदेखि जारी अनशन तोड्दै

प्रकाशित मिति: 2016/08/09

श्रावण २५, मणिपुर । चर्चित मानवअधिकारवादी महिला   इरोम चानु शर्मिलाले आज १६ वर्ष पछि अनशन तोड्दै छिन् । 

विश्वमै सवैभन्दा लामो समयसम्म अनशनमा बसेकी  भारतको उत्तरपुर्वी राज्य मणिपुर निवासी ४४ बर्षिया शर्मिलाले आज स्थानिय अदालतमा पेश भएर अनशन तोड्ने बताएकी हुन । अदालतमा १० हजार धरौटी बुझाएसँगै १६ बर्षदेखीको प्रहरी हिरासतबाट समेत उनी मुक्त भएकी छन ।
शर्मिलाको अनशन किन ?
राज्यले गरेको दमन विरोधी आन्दोलनका लागि अद्वितिय उदाहरण बनेकी शर्मिला इरोमले सन् २०००, नोभेम्बरका दिन मणिपुरको इम्पाल बाहिर पर्ने सानो गाउँ मालोममा भएको हत्याकाण्डपछि अनशन सुरु गरेकी थिइन् । जहाँ सरकारी अर्धसैनिक बल– आसाम राइफल्सका सुरक्षाकर्मीले १० जना मानिसलाई मारेका थिए ।
त्यसबेला उनले सरकारले सशस्त्र सुरक्षाकर्मीलाई दिएको विशेष अधिकार कानुनलाई परिवर्तन नगरेसम्म अनशन बस्ने घोषणा गरेकी थिइन् । उक्त कानुनले सैनिकलाई द्वन्द्वरत क्षेत्रमा सुरक्षा दिने नाउँमा जस्तो सुकै कारवाही गर्ने अधिकार दिएको छ । 
हिरासत मुक्त भएसँगै उनले आफू राजनीति मार्फत निर्वाचन जितेर मणिपुर राज्यको मुख्यमन्त्री भएरै सुरक्षाकर्मीले प्राप्त अधिकार हटाउने घोषणा गरेकी छिन् । 

इरोमलाई अहिलेसम्म जवाहरलाल नेहरु स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको निगरानीमा राखिँदै नाकबाट छिराइएको पाइपबाट उनको अनुमति वेगर खुवाउँदै आइएको थियो ।
बेलायती उपनिवेशवाद विरुद्ध भएको ‘भारत छोड’ अन्दोलनको ७० वर्ष गाँठका दिन उनले अनशन तोड्न लागेकी हुन । जुन आफैंमा एक स्वतन्त्रताका लागि गरिएको संघर्षको दिन सँग मेल खान जान्छ ।  
हिरासतमा रहँदा केही सिमित व्यक्तिसँग मात्र भेटघाट गर्ने अनुमति पाएकी शर्मिलाले आफ्नो माग पुरा नभएसम्म घरमा पाइला नटेक्ने घोषणा समेत गरेकी छिन् भने उनको ८४ बर्षिया आमाले पनि छोरी आफ्नो संघर्षमा सफल नभएसम्म नभेट्ने बताएकी छिन् ।   
‘आईरन लेडीको संज्ञा’ पाएकी इरोमले अनशन तोडेर राजनीति गर्ने बताएसँगै उनको कैदी जीवनजदेखी राजनीतिसम्मको संघर्षलाई आङसाङ सुकी र नेल्सन मन्डेलासँग तुलना गर्न थालिएको छ ।
अहिले मणिपुरको सानो गाउँमा उनले अनसन तोडेको दृश्य कैद गर्नका लागि मिडियाकर्मी तथा मानवअधिकारकर्मीहरुको भिड नै लागेको छ ।

 
 

 

 
 


 

तपाईंको बिचार