Wednesday, July 26, 2017  |    

अमेरिकी राष्ट्रपति ओवामा आईएसको नाईके भएको रिपब्लीकन उमेद्धवार ट्रम्पको आरोप

प्रकाशित मिति: 2016/08/11

श्रावण २७, वासिङटन । अमेरिकी राष्ट्रपति पदका रिपब्लीकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति बारक ओबामा मुस्लिम अतिवादी समुह आईएससँग सम्बद्ध रहेको आरोप लगाएका छन ।
मध्यपूर्वदेखि यूरोपसम्म आतंक मच्चाइरहेको इस्लामिक स्टेट समूहको गठन अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेको उनले आरोप लगाएका हुन । 
फ्लोरिडा राज्यको फोर्ट लाउडरडेलमा भएको एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले ओबामालाई आतंकबादसँग जोड्दै बाराक हुसैन ओबामा भनि सम्बोधन समेत गरे ।
रिपब्लिकनका तर्फबाट राष्ट्रपति उम्मेदवार चयन भएका उनले आफ्नो प्रत्यासी हिलारी क्लिन्टनको पनि उक्त आतंकवादी समूह गठन गर्न योगदान गरेको आरोप लगाए । उनले भने, ‘त्यो जाली क्लिन्टन, आइएसको सहसंस्थापक हो ।’

ट्रम्पले लगाएका आरोप बारे भने ह्वाइट हाउसले कुनै प्रतिक्रिया  जनाएको छैन ।
रिपब्लीकनबाट राष्ट्रपतिमा उठ्ने पक्का भएसँगै ट्रम्पले विपक्षीहरुमाथी कडा प्रहार सुरु गरेका छन । केही समयअघि अमेरिकामा मुस्लिम प्रवेश रोक्ने उनको अभिव्यक्तिको निकै आलोचना भएको थियो ।

 

तपाईंको बिचार