Saturday, March 25, 2017  |    

भारतले ७० औं स्वतन्त्रता दिवस मनाउँदै, विश्व नेतृत्वको लागि तयार हुन मोदीको आग्रह

प्रकाशित मिति: 2016/08/15

साउन ३१, नयाँदिल्ली । भारतले आज आफ्नो ७०औं स्वतन्त्रता दिवस मनाउँदैछ । सन् १९४७ अगष्ट १५ मा बेलायती उपनिवेसबाट मुक्त भएको दिनको सम्झनामा हरेक बर्ष उसले स्वतन्त्रता दिवस मनाउदै आएको छ । 
भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले ७० बर्ष अघि राजधानी दिल्लीस्थित लालकिल्लामा राष्ट्रिय झण्डा फहराएर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने घोषणा गरेका थिए । लालकिल्लामा आज आयोजित विशेष साँस्कृतिक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै सामाजिक न्यायबाट नै देश समुन्नत हुने बताए । 
संयुक्त राष्ट्रसंघले विश्वको दशौँ स्थानमा रहेको भारतीय अर्थतन्त्र अबको दुई वर्षमा तेश्रो स्थानमा पुग्ने अनुमान गरेकाले विश्व अर्थव्यवस्थाको नेतृत्वका लागी तयार हुन पनि प्रधानमन्त्री मोदीको आग्रह गरे ।  
 

 

तपाईंको बिचार