Wednesday, August 23, 2017

इन्धन बोकेको मलेसियन जहाज अपहरण

प्रकाशित मिति: 2016/08/17

काठमाडौं, भदौ १। इन्धनको बोकेको मलेसियन समुद्री जहाज अपहरणमा परेको छ । मलेसियाको तान्जुङ पल्पासबाट नौ लाख लिटर डिजेल भरेर आउँदै गरेको ट्याङ्कर सहितको जहाज इन्डोनेसियाको समुद्री क्षेत्रतर्फ लगिएको समुन्द्री सुराक्षार्थ खटिएका मलेसियन अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मलेसियाको समुन्द्री सुरक्षा दस्ताको निर्देशकले ट्वीटर मार्फत जहाज इण्डोनेसियाको बटमतर्फ लगिएको हुनसक्ने बताएका छन् । सो जहाज करिब ४ लाख अमेरिकी डलर बराबरको डिजेल रहेको बताइएको छ । अपहरणको हालसम्म कसैले जिम्मा नलिएको बीबीसीले उल्लेख गरेको छ ।

तपाईंको बिचार