Monday, June 26, 2017  |    

सिरिया युद्धको एक भावनात्मक तस्वीर, जसले गिज्याईरहेको छ विश्वलाई

प्रकाशित मिति: 2016/08/18

भदौ २, काठमाडौं । लामो समयदेखी सिरियामा चलिरहेको गृहयुद्धका कारण लाखौ व्यक्ति मारिईसकेका छन ।
राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै  विगत ६ बर्षदेखी सिरियामा सरकार र विपक्षीविच युद्ध जारी छ ।

युद्ध आफैंमा अप्रिय शब्द हो । युद्धको संकट झेल्न नसकी भुमध्यसागरमा शरणार्थीका रुपमा युरोप प्रवेश गर्न खोज्ने हजारौ मानिसले यो विचमा समुन्द्रमा डुंगा दुर्घटनामा परेर ज्यान गुमाईसकेका छन ।

सिरियामा चलिरहेको गृहयुद्धले मानिसहरुको जीवन कसरी बर्बाद बनाइरहेको छ भन्ने गतिलो उदाहरणका रुपमा पछिल्लो समयमा यो तस्वीर भाईरल भैरहेको छ ।
 

एम्बुलेन्सको सिटमा  पाँच वर्षका बालक एक्लै बसिरहेका छन । उनको गृहनगर एलप्पोमा भएको हवाई कारबाहीमा उनी घाइते भएका हुन् ।

उनका अभिभावकको अवस्था थाहा छैन । हवाई कारबाहीका क्रममा उनको घर ध्वस्त हुँदा उनी त्यहीँ थिए । घर भत्किँदा उडेको धुलो उनको शरीरमा अझै छ । उनी घाइते पनि छन् ।
भिडियो फुटेजमा उनी रोएका छैनन् । तर, अस्पतालमा जान प्रतिक्षारत जस्ता देखिएका छन् ।
सिरियामा जारी गृहयुद्धमा उनी जस्ता धेरै बालक घाइतेमात्र भएका छैनन, ज्यान नै गुमाएका छन् । तर, यो तस्वीरले विश्वको ध्यान तानेको छ ।

 

तपाईंको बिचार