Tuesday, November 21, 2017

संसारकै ठूलो विमानले पहिलो उडान भर्‍यो

प्रकाशित मिति: 2016/08/18

एजेन्सी, भदौ २। संसारकै ठूलो जहाज एयरल्यान्डर १० ले आफ्नो पहिलो उडान भरेको छ। चारदिन अघि प्राविधिक समस्या आएपछि एयरल्यान्डर १० को उडान रद्द गरिएको थियो।

हिलियमबाट चल्ने यो एयरशिपले सेन्ट्रल इङल्यान्डको कार्डिङटनबाट एयरफिल्ड उडान गरेको थियो। यसअघि ८६ वर्ष पहिले कार्डिंग्टन एयरफील्ड आर१०१ नामक एयरसीपले सन सन् १९३० अक्टोबरमा यस्तो प्रकारको उडान गरेको थियो। तर उक्त विमानमा करीब ४८ जनाको मृत्यु भएको थियो।

यो एयरल्यान्डर १० अमेरिकी सेनाको निगरानीको लागि बनाइएको हो। यसलाई हाइब्रिड एयर ह्वकल्सले तयार गरेका हुन्। उनका अनुसार यसलाई विश्वकै सबैभन्दा ठूलो एयरक्राफ्ट्स दाबी गरिएको छ।

९२ मिटर लामो यो एयरक्राफ्टको कार्गो प्लेन जस्तै प्रयोग गरिने बताइएको छ। बेलायत सरकारले यो प्रोजेक्टको लागि ३७ लाख अमेरिकी डलर सहयोग गरेको थियो।

तपाईंको बिचार